काठमाडौं– सरकारका चार जना मन्त्रीको सांसद पद खोसिएको छ।
नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका सांसदहरु प्रभु साह, लेखराज भट्ट, गौरीशंकर चौधरी र टोपबहादुर रायमाझीको पद रिक्त भएको हो। उनीहरु हालै माओवादी त्यागेर नेकपा (एमाले) मा प्रवेश गरेका थिए।
उनीहरुले राजनीतिक दल त्याग गरेको सूचना माओवादी केन्द्रले गएको मंगलबार संसद् सचिवालयमा दर्ता गराएको थियो। उक्त सूचना आजको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाप सापकोटाले पढेर सुनाएका थिए।
सांसद रहनेपछि उनीहरु अब मन्त्री पनि रहने छैनन्। यद्यपि, प्रधानमन्त्री केपी ओलीले पुनर्नियुक्ति गरेको खण्डमा उनीहरु बढीमा ६ महिनासम्म मन्त्री हुन पाउनेछन्।
त्यस अवधिमै उनीहरु सांसद भएमा मन्त्री पदमा निरन्तरता पाउन सक्नेछन्।