आइतबार, भदौ १४, २०८३

वैशाख ६ र ७ मा भिटामिन ए खुवाइँदै

सरकारले वैशाख ६ र ७ गते देशभर राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्ने भएको छ।
 |  बिहीबार, चैत २६, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २६, २०७७

काठमाडौं– सरकारले वैशाख ६ र ७ गते देशभर राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्ने भएको छ।

दोस्रो चरणअन्तर्गत वैशाख ६ र ७ मा राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्न लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

अभियानअन्तर्गत १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि र ६ देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ए क्याप्सुल दिइनेछ।

मन्त्रालयले सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरी भिटामिन ‘ए’ कार्यक्रमको सहजीकरणका लागि प्रदेश, मन्त्रालय/स्थानीय तहसँग समन्वय गर्न अनुरोध गरेको छ। 

यसका साथै उक्त अभियानसम्बन्धी अन्य व्यहोरा स्वास्थ्य सेवा विभागको पत्रबाट सूचित गराउने बताइएको छ। 

बालभिटा कार्यक्रम लागू भएका जिल्लामा भने ६ देखि २३ महिनाका बालबालिकालाई बहुसक्ष्म पोषक तत्त्व पनि वितरणसमेत गरिनेछ।

कोरोना भाइरस संक्रमण बढ्दै गएकाले मन्त्रालयले स्वास्थ्य सजगता अपनाउँदै अभियान सञ्चालन गर्न आग्रह गरेको छ। 
यसअघि मंसिर ११ र १२ गते भिटामिन ए र जुकाको औषधि खुवाइएको थियो। 

प्रकाशित: Apr 08, 2021| 08:12 बिहीबार, चैत २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।