आइतबार, भदौ १४, २०८३

पर्सामा प्रेस चौतारीको पूरै प्यानल विजयी

नेपाल पत्रकार महासंघ पर्सामा अध्यक्षलगायत सम्पूर्ण पदाधिकारीमा प्रेस चौतारी पक्षधर उम्मेदवार विजयी भएका छन्।
 |  बिहीबार, चैत २६, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २६, २०७७

पर्सा– नेपाल पत्रकार महासंघ पर्सामा अध्यक्षलगायत सम्पूर्ण पदाधिकारीमा प्रेस चौतारी पक्षधर उम्मेदवार विजयी भएका छन्। केही सदस्यमा प्रेस युनियन गठबन्धनका उम्मेदवार विजयी भएका छन्। 

अध्यक्षमा अनुप तिवारी विजयी भएका छन्। उपाध्यक्षमा युवराज खड्का र महिला उपाध्यक्षमा सुषमा शर्मा  विजयी भए।

सचिवमा भूषण यादव र सहसचिवमा जियालाल साह  निर्वाचित भएका छन्। साह नेपाल समयकर्मी हुन्। 

सहसचिव समावेशीतर्फ जितेन्द्र साह र कोषाध्यक्षमा सञ्जीवकुमार मिश्र विजयी भए। 

कार्यसमितिको सदस्य मधेसीतर्फ तिवारी यादव, महिला सदस्यमा कविता खड्का र आदिवासी जनजाति सदस्यमा रश्मी राजभण्डारी विजयी भएका छन्।

कार्यसमितिका अन्य समावेशी सदस्यमा प्रेस युनियन गठबन्धनका अमित अग्रवाल विजयी भए। खुला सदस्यमा युनियन गठबन्धनकै अजय चौरसिया र नरेश सर्राफ विजयी भए। बाँकी चारजना धर्मेन्द्र चौरसिया, पुष्पराज तिमिल्सिना, सफल खतिवडा र श्याम कुशवाहा प्रेस चौतारीतर्फबाट विजयी भएका छन्। 

प्रकाशित: Apr 08, 2021| 06:25 बिहीबार, चैत २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।