शनिबार, असोज १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ८ महिनामा सवा १ करोड थान ब्रेसियर आयात, सरकारलाई १५ करोड आम्दानी

८ महिनामा सवा १ करोड थान ब्रेसियर आयात, सरकारलाई १५ करोड आम्दानी

चालु आवको पहिलो ८ महिनामा सबैभन्दा बढी चीनबाट ब्रेसियर आयात भएको छ। चीनबाट मात्र ३० करोड २० लाख बराबरका ब्रेसियर आयात भएको छ। चीनबाट आयात भएका ब्रेसियरबाट सरकारले १० करोड ९० लाख ८९ हजार राजश्व आम्दानी गरेको छ। 
 |  बिहीबार, चैत २६, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २६, २०७७

काठमाडौं- चालु आर्थिक वर्षको पहिलो ८ महिनामा १ करोड २५ लाख थान ब्रेसियर आयात भएको छ। भन्सार विभागले प्रकाशन गरेको फागुन अन्तिमसम्म (साउनदेखि)को तथ्यांकअनुसार ४१ करोड ९५ लाख २६ हजार रुपैयाँका ब्रेसियर आयात भएको हो। ब्रेसियर आयातबाट सरकारलाई १५ करोड १८ लाख २० हजार रुपैयाँ आम्दानी भएको छ। 

चालु आवको पहिलो ८ महिनामा सबैभन्दा बढी चीनबाट ब्रेसियर आयात भएको छ। चीनबाट मात्र ३० करोड २० लाख बराबरका ब्रेसियर आयात भएको छन्। चीनबाट आयात भएका ब्रेसियरबाट सरकारले १० करोड ९० लाख ८९ हजार राजश्व आम्दानी गरेको छ। 

यसपछि दोस्रो स्थानमा रहेको भारतबाट १० करोड ९१ लाखबराबरका ब्रेसियर आयात भएका छन्। भारतबाट आएका ब्रेसियरबाट सरकारले ३ करोड ८३ लाख ६७ हजार रुपैयाँ आम्दानी गरेको छ। 

यो अवधिमा जर्मनी, मलेसिया, साउदी अरब र टर्कीबाट भने १-१ थान मात्र ब्रेसियर आयात भएको भन्सार विभागको तथ्यांक छ।

प्रकाशित: Apr 08, 2021| 03:59 बिहीबार, चैत २६, २०७७
प्रतिक्रिया दिनुहोस्