आइतबार, भदौ १४, २०८३

मौसम बदली र वर्षाको सम्भावना

आगामी २४ घण्टा देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही  प्रदेश १ का पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्टयाङ्ग र बाकी प्रदेशका पहाडी भू-भागका एक वा दुइ स्थानमा सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।
 |  बिहीबार, चैत २६, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २६, २०७७

काठमाडौं- बिहीबार आंशिकदेखि सामान्य बदली हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश १ का पहाडी क्षेत्रका केही स्थान मेघगर्जन/चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाको अनुमान छ।

आगामी २४ घण्टा देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही  प्रदेश १ का पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्टयाङ्ग र बाकी प्रदेशका पहाडी भू-भागका एक वा दुइ स्थानमा सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।

यसकास साथै देशको तराई र पहाडी भू-भागका केही स्थानहरुमा तुवाँलो लागेकोले सोबाट समेत बच्न आवश्यक सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ। 

चैत्र २७ गते (शुक्रबार) दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सफा रहने छ। 

यस्तो छ मौसम पूर्वानुमान महाशाखाको बुलेटिन
 हाल देशमा स्थानीय वायुको तथा पश्चिमी वायुको आन्शिक प्रभावका साथै नेपाल भन्दा दक्षिणमा बनेको तल्लो वायुमण्डलीय न्युन चापिय प्रणालीको पनि प्रभाव रहेको छ।

हाल मौसमको अवस्था (Present Weather Status):
देशको पहाडी भू-भागहरूमा आंशिक बदली  रहेको छ साथै देशका केही स्थानहरूमा तुंवालो लागेको अवस्था छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

चैत्र २६ गते (बिहिबार)
दिउँसो:  
देशका पहाडी भू-भागमा आंशिक देखि समान्य बदली रही बाँकी भू-भागमा मौसम आंशीक बदली  रहने छ। प्रदेश १ का पहाडी भू-भागका थोरै स्थान र बाकी प्रदेशका पहाडी भू-भागका एक वा दुइ स्थानमा अपरान्हतिर मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका केही स्थानहरूमा तुंवालो रही रहने सम्भावना रहेको छ।

राती:  देशका पहाडी भू-भागमा आंशिक देखि समान्य रही बाँकी भू-भागमा मौसम आंशीक बदली  रहने छ। पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका केही स्थानहरूमा तुंवालो रही रहने सम्भावना रहेको छ।

चैत्र २७ गते (शुक्रबार)
दिउँसो:  
देशका पहाडी भू-भागमा आंशिक देखि समान्य बदली रही बाँकी भू-भागमा मौसम सफा  रहने छ। प्रदेश १ का पहाडी भू-भागका थोरै स्थान र बाकी प्रदेशका पहाडी भू-भागका एक वा दुइ स्थानमा अपरान्हतिर मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका केही स्थानहरूमा तुंवालो रही रहने सम्भावना रहेको छ।

राती:  देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहने छ। प्रदेश १ का पहाडी भू-भागका थोरै स्थान र बाकी प्रदेशका पहाडी भू-भागका एक वा दुइ स्थानमा अपरान्हतिर मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका केही स्थानहरूमा तुंवालो रही रहने सम्भावना रहेको छ।

चैत्र २८ गते (शनिबार)
दिउँसो:
  देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सफा  रहने छ। प्रदेश १ का पहाडी भू-भागका एक वा दुइ स्थानमा अपरान्हतिर मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका केही स्थानहरूमा तुंवालो रही रहने सम्भावना रहेको छ।

राती:  देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहने छ। प्रदेश १ का पहाडी भू-भागका थोरै स्थान र बाकी प्रदेशका पहाडी भू-भागका एक वा दुइ स्थानमा अपरान्हतिर मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका केही स्थानहरूमा तुंवालो रही रहने सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श  (Warning/Advisory for next 24 hours)
देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही  प्रदेश १ का पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्टयाङ्ग र बाकी प्रदेशका पहाडी भू-भागका एक वा दुइ स्थानमा सहित हल्का वर्षा/हिमपातको सम्भावना  रहेको साथै देशको तराई र पहाडि भू-भागका केही स्थानहरुमा तुवांलो लागेकोले सो वाट समेत बच्न आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

प्रकाशित: Apr 08, 2021| 02:53 बिहीबार, चैत २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।