आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रात्रीकालीन व्यवसाय र रेष्टुरेन्ट ९ बजेपछि बन्द गर्न सरकारको आग्रह

रात्रीकालीन व्यवसाय र रेष्टुरेन्ट ९ बजेपछि बन्द गर्न सरकारको आग्रह

सरकारले कोरोना संक्रमण तीव्र रुपमा फैलिएको भन्दै रात्रीकालीन व्यवसाय तथा रेष्टुरेन्टहरु राति ९ बजेपछि कडाइका साथ बन्द गराउन अनुरोध गरेको छ।
 |  बुधबार, चैत २५, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, चैत २५, २०७७

काठमाडौं- सरकारले कोरोना संक्रमण तीव्र रुपमा फैलिएको भन्दै रात्रीकालीन व्यवसाय तथा रेष्टुरेन्टहरु राति ९ बजेपछि कडाइका साथ बन्द गराउन अनुरोध गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार साँझ एक सूचना जारी गर्दै कोरोना भाइरसको संक्रमण बढ्दै गर्दा र बेलायत भेरियन्टको बढ्दो संख्यालाई मध्यनजर गर्दै जनस्वास्थ्यका मापदण्ड कडाइका साथ लागू गर्न आग्रह गरेको छ।

मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीले एक सूचना जारी गर्दै सार्वजनिक यातायातमा कडाइका साथ स्वास्थ्य मापदण्डहरु लागू गर्न, संक्रमण तीव्र बढेका सहरमा कन्ट्याक्ट ट्रेसिङ बढाउन तथा परीक्षण गर्न सम्बन्धित स्वास्थ्य कार्यालयहरु र स्थानीय तहहरुलाई आग्रह गरेका छन्। 

मन्त्रालयले संक्रामक रोग ऐन बमोजिम कारबाही गर्ने गरी घरबाहिर र सार्वजनिक स्थामा मास्कको प्रयोगलाई अनिवार्य गराउन पनि सबै जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेको छ। 

बढी भीडभाड हुने स्थान सपिङ मल, सिनेमा हल, नाचघर, हेल्थ क्लब, स्वीमिङ पुल, पार्टी प्यालेस, मन्दिरलगायत क्षेत्रमा उच्च स्वास्थ्य सुरक्षा सावधानी अपनाउन आग्रह गरेको छ।
ठूला शहरहरुमा ५०० भन्दा बढी र साना शहरहरुमा १०० भन्दा बढी सक्रिय संक्रमित देखिएमा ती स्थानमा आवागमनमा कडाइ गर्न पनि मन्त्रालयले सम्बन्धित निकायलाई आग्रह गरेको छ।

मन्त्रालयले काठमाडौं, पोखरालगायत ठूला शहरहरुमा विद्यालय जाने उमेर समूहमा पनि कोरोना संक्रमण बढ्दो रहेकाले शैक्षिक संस्थाहरुमा पनि उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
विदेशबाट आउने विभिन्न टोली वा भ्रमण दलका सदस्यहरुको संख्या तथा क्वारेन्टिनका नियममा पनि कडाइ गर्न मन्त्रालयको आग्रह छ।

प्रकाशित: Apr 07, 2021| 13:30 बुधबार, चैत २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।