आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • युके भेरियन्ट भाइरससँग मिल्दोजुल्दो संक्रमितको संख्या बढ्दो

युके भेरियन्ट भाइरससँग मिल्दोजुल्दो संक्रमितको संख्या बढ्दो

पछिल्लो डेढ महिनादेखि नेपालमा युके भेरियन्टसँग मिल्दोजुल्दो कोरोना संक्रमितको संख्या बढ्ने क्रममा रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।
 |  बुधबार, चैत २५, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, चैत २५, २०७७

काठमाडौं- पछिल्लो डेढ महिनादेखि नेपालमा युके भेरियन्टसँग मिल्दोजुल्दो कोरोना संक्रमितको संख्या बढ्ने क्रममा रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

महाशाखाका निर्देशक डा. कृष्ण पौडेलका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको आँकडाअनुसार विगत ६ हप्तामा यो बढ्ने दर रहेको छ। बेलायतमा पत्ता लागेको बी.१.७ नामक भेरियन्ट संसारका १३० भन्दा धेरै देशमा फैलिसकेको छ।

नेपालमा पनि छिमेकी मुलुक भारतबाट आउने मानिसहरुमा यो भेरियन्टको शंकास्पद रहेको उनले बताए। उनका अनुसार सीमा नाकाबाट आउने व्यक्तिमा परीक्षण गर्दा युके भेरियन्ट देखिएको शंका गरिएको छ। जुनसुकै भेरियन्ट देखिए पनि जनस्वास्थ्यका मापदण्ड अपनाउन उनले आग्रह गरे।

डा. पौडेलले भिडभाड हुने स्थान सिनेमा हल, पार्टी प्यालेस, मन्दिर, स्विमिङ पुललगायतका क्षेत्रमा नजान र भिडभाड नगर्न भनेका छन्। मानिसले जनस्वास्थ्यका मापदण्ड नमानेमा र संक्रमण बढ्दै गए यीलगायतका अन्य क्षेत्रसमेत बन्द गर्नुपर्ने अवस्था आउने उनले बताए।

पछिल्लो समय कम उमेरका व्यक्तिमा कोरोना संक्रमण बढ्दै गएको महाशाखाले जनाएको छ। डा. कृष्ण पौडेलका अनुसार अस्पतात भर्ना हुनेको उमेर ५० वर्षमुनिका व्यक्ति बढी छन्।

प्रकाशित: Apr 07, 2021| 11:41 बुधबार, चैत २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।