आइतबार, भदौ १४, २०८३

आज झण्डै साढे तीन सय कोरोना संक्रमित थप

नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा झण्डै साढे तीन सय जनामा कोरोना पुष्टि भएको छ।
 |  बुधबार, चैत २५, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, चैत २५, २०७७

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा झण्डै साढे तीन सय जनामा कोरोना पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार १०० जनाको पीसीआर परीक्षण भएकोमा ३३९ जनालाई संक्रमण पुष्टि भएको हो। केही समययता नेपालमा दिनका दिन कोरोना संक्रमितको संख्या बढिरहेको छ। 

पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या २८९ रहेको छ। हालसम्म २ लाख ७३ हजार ६३१ जना संक्रमितहरु संक्रमणमुक्त भइसकेको छन्।  हाल २ हजार २०१ जना सक्रिय संक्रमित छन्। 

आज उपत्यकामा १६३ जनामा कोरोना संक्रमित पुष्टि भएको छ। जसमध्ये काठमाडौंमा १३२,  ललितपुरमा २६ र भक्तपुरमा ५  जनामा संक्रमण पुष्टि भएको हो। 

संक्रमण बढ्नुमा स्वास्थ्यका मापदण्ड पालना नगर्नु रहेको विज्ञहरुले बताउँदै आएका छन्। पछिल्लो समय छिमेकी मुलुक भारतमा संक्रमण बढेको र त्यहाँबाट आउनेजाने क्रम धेरै भएकाले अझै संक्रमण बढ्न सक्ने विज्ञहरु बताउँछन्।

प्रकाशित: Apr 07, 2021| 10:50 बुधबार, चैत २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।