आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • निजामती प्रशासनप्रति उपप्रधानमन्त्रीको तीव्र असन्तुष्टि, भन्छन्- झिँगे टँसाई सोचबाट मुक्त हुन सकेन

निजामती प्रशासनप्रति उपप्रधानमन्त्रीको तीव्र असन्तुष्टि, भन्छन्- झिँगे टँसाई सोचबाट मुक्त हुन सकेन

'हामी परिणाममा भन्दा पनि प्रक्रियामुखी भएर सेवा प्रवाह गर्ने कोसिस गरिरहेका छौँ। यसले विडम्बनापूर्ण परिणाम हाम्रो अघि ल्याइएको छ। यस्ता कमजोरी हटाउन कर्मचारीतन्त्रमा सोच परिवर्तन ल्याउनैपर्छ,' उनको भनाइ छ।  
 |  बुधबार, चैत २५, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, चैत २५, २०७७

काठमाडौं- उपप्रधानमन्त्री ईश्वर पोखरेलले निजामति प्रशासन झिँगे टँसाइ सोचबाट मुक्त हुन नसकेको टिप्पणी गरेका छन्। नेपाल सरकारका सचिवहरूलाई सिंहदरवारमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले निजामति प्रशासनप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका हुन्। 

'अहिले निजामती प्रशासनमा भएको एउटा प्रमुख समस्या हो, सोचमा सकारात्मक परिवर्तनको अभाव। अझसम्म पनि निजामति प्रसासन झिँगे टसाईं सोचाइबाट मुक्त हुन सकेको छैन,' उनले भने। 

निजामती प्रशासनले परिणामलाई भन्दा पनि प्रक्रियालाई जोड दिने गरेको भन्दै त्यसको आलोचना ‍पनि उपप्रधानमन्त्रीले गरेका थिए।

'हामी परिणाममा भन्दा पनि प्रक्रियामुखी भएर सेवा प्रवाह गर्ने कोसिस गरिरहेका छौँ। यसले विडम्बनापूर्ण परिणाम हाम्रो अघि ल्याइएको छ। यस्ता कमजोरी हटाउन कर्मचारीतन्त्रमा सोच परिवर्तन ल्याउनैपर्छ,' उनको भनाइ छ।  
 

प्रकाशित: Apr 07, 2021| 10:20 बुधबार, चैत २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।