आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गण्डकीका दुई मन्त्रीले मुख्यमन्त्री गुरुङलाई बुझाए राजीनामा

गण्डकीका दुई मन्त्रीले मुख्यमन्त्री गुरुङलाई बुझाए राजीनामा

भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापा र आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले राजीनामा दिएका हुन्। ०७४ फागुन ४ गते दुवैजना मन्त्री भएका थिए।
 |  बुधबार, चैत २५, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, चैत २५, २०७७

पोखरा- गण्डकी प्रदेशमा दुई जना मन्त्रीहरूले राजीनामा दिएका छन्। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का दुई मन्त्रीले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई राजीनामा बुझाएका हुन्। 

भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापा र आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले राजीनामा दिएका हुन्। ०७४ फागुन ४ गते दुवैजना मन्त्री भएका थिए।

माओवादी केन्द्रका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीहरू फिर्ता भएपनि उसले सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन। 

बुधबारै बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले मन्त्री फिर्ता बोलाउने निर्णय गरेको थियो।

बुधबारको प्रदेशसभा बैठकमा आफूहरूको राजीनामाबारे चुमानले सम्बोधन गरेका थिए। पार्टी विभाजनको निर्णय अदालतले गरिदिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे। 

प्रधानमन्त्री केपी शर्मा ओलीले नै प्रदेश र स्थानीय तह कमजोर पार्ने काम गरेको आरोपसमेत उनले लगाएका थिए। 

प्रकाशित: Apr 07, 2021| 09:14 बुधबार, चैत २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।