काठमाडौं– १७ वर्षिया किशोरी बलात्कार गरेको आरोपमा प्रहरीले झापा र कपिलवस्तुबाट दुई जनालाई पक्राउ गरेको छ।
कपिलवस्तु नगरपालिका–५ दलदलाहाका २८ वर्षिय रतन गिरीलाई प्रहरीले मंगलबार पक्राउ गरेकोे हो। उनलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको टोलीले पक्राउ गरेको हो।
त्यस्तै इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले १३ वर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा मेचीनगर नगरपालिका–७ सतिघट्टाका १९ वर्षिय पल्टन टुडुलाई पक्राउ गरेको छ।
पल्टनले मेचिनगर नगरपालिका–१५ स्थित लक्ष्मी डाँडामा बालिकालाई बलात्कार गरेको प्रहरीले जानकारी दिएको छ।