पोखरा– गण्डकी प्रदेश सरकारमा सहभागी माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिने भएका छन्। यद्यपि, प्रदेश सरकारलाई दिएको विश्वासको मत भने तत्काल फिर्ता नलिने माओवादीले जनाएको छ।
गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन आजबाट सुरु हुँदैछ। संसदको पहिलो बैठकमा सम्बोधन गरेर दुई मन्त्रीले राजीनामा दिने बताइएको छ। आजै बसेको माओवादी संसदीय दलको बैठकले मन्त्री फिर्ता बोलाउने निर्णय गरेको थियो।
भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापा र आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले राजीनामा दिन लागेका हुन्। ०७४ फागुन ४ गते दुवैजना मन्त्री भएका थिए।
६० सदस्यीय गण्डकी प्रदेशसभामा एमालेका २८, कांग्रेसका १५, माओवादीका १२, राष्ट्रिय जनमोर्चाका ३ र जनता समाजवादीका २ सांसद छन्।