काठमाडौं– स्वास्थ्यका लागि निकै लाभदायक मानिने कागतीको मूल्य निकै बढेको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार कागतीको भाउ किलोकै ३ सय रुपैयाँसम्म पुगेको छ।
बुधबार कागतीको अधिकतम थोक मूल्य प्रतिकिलो ३ सय रुपैयाँ तोकिएको छ। एक महिनाअघि फाुगन २५ मा कागतीको थोक मूल्य औसत १७० रुपैयाँ प्रतिकिलो थियो।
कालीमाटीमै महँगो भएपछि खुद्रामा कागती झन् महँगो भएको छ। खुद्रा व्यवसायीले कागती दानाकै २० देखि ३० रुपैयाँमा बेचिरहेका छन्।