आइतबार, भदौ १४, २०८३

एक किलो सुनसहित विमानस्थलबाट एक जना पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार एरियाबाट करिब ८८४.४५० ग्राम सुन जस्तो देखिने पहेँलो धातु र करिब ४९.५५ ग्राम सुन जस्तो देखिने बाला १ थानसहित महरालाई प्रहरीले पक्राउ गरेको हो।
 |  बुधबार, चैत २५, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, चैत २५, २०७७

काठमाडौं- त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा पैठारी गर्न लागिएको करिब एक किलोग्राम सुनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा घनुषा घर भएका ३४ वर्षीय प्रकाश महरा छन्। उनी मंगलबार राती पक्राउ परेका हुन्। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार एरियाबाट करिब ८८४.४५० ग्राम सुन जस्तो देखिने पहेँलो धातु र करिब ४९.५५ ग्राम सुन जस्तो देखिने बाला १ थानसहित महरालाई प्रहरीले पक्राउ गरेको हो।

फ्लाई दुबईको उडानबाट काठमाडौं आएका उनलाई अराइभल भन्सार एरियामा जाँच गर्ने क्रममा उक्त सुन फेला परेको हो। 

लुकाईछिपाई ल्याएको उक्त परिमाणको धातु र बाला फेला परेपछि विमानस्थल भन्सार कार्यालयमा महारालाई बुझाइएको छ। 

उनीमाथि थप अनुसन्धान भइरहेको बताइएको छ।

प्रकाशित: Apr 07, 2021| 06:07 बुधबार, चैत २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।