आइतबार, भदौ १४, २०८३

गोसाईंकुण्डमा प्रतिछाक खानाको ५५० रुपैयाँ

खान र बस्नका लागि यसभन्दा अघि होटल तथा लज सञ्चालकले जे–जति शुल्क असुल गरे पनि अब उप्रान्त गोसाइँकुण्ड पुगेका तीर्थयात्रु वा पर्यटकले खानाको प्रतिछाक रु ५५० एवं सुतेको प्रतिबेड रु एक हजार शुल्क तिर्नुपर्ने नयाँ दर निर्धारण गरिएको छ। 
 |  बुधबार, चैत २५, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, चैत २५, २०७७

काठमाडौं- धार्मिकयात्राका क्रममा गोसाइँकुण्ड जाने भक्तजनलाई भोजन र बासको शुल्कमा सरलीकृत पार्न नयाँ मूल्यदर कायम गरिएको छ।

गोसाइँकुण्ड मार्गअन्तर्गत चोलाङपाटी, लौरीविनायक र गोसाइँकुण्ड क्षेत्रमा सञ्चालित होटल तथा लजका व्यवसायीले यात्रुसँग अप्रत्याशितरूपले चर्काे शुल्क असुल गरेको भन्ने अधिकांश यात्रुबाट व्यापक गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय रसुवाको पहलमा लाङटाङ राष्ट्रिय निकुञ्जमार्फत नयाँ मूल्यदर कायम भएको हो।

खान र बस्नका लागि यसभन्दा अघि होटल तथा लज सञ्चालकले जे–जति शुल्क असुल गरे पनि अब उप्रान्त गोसाइँकुण्ड पुगेका तीर्थयात्रु वा पर्यटकले खानाको प्रतिछाक रु ५५० एवं सुतेको प्रतिबेड रु एक हजार शुल्क तिर्नुपर्ने नयाँ दर निर्धारण गरिएको छ। 

यसैगरी लौरीविनायकमा खानाको लागि प्रतिव्यक्ति प्रतिछाक दालभात तरकारीको रु ५०० र सुतेको रु ९०० एवं चोलाङपाटीमा प्रतिव्यक्ति खानाको रु ४५० एवं सुतेको रु ८०० दर निर्धारण भएको लाङटाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुष्मा रानाले बताइन्। 

उचाइ क्षेत्रमा सुरक्षाचौकी नभएको र होटल तथा लज सञ्चालकहरूले यात्रुबाट अप्रत्यासितरूपमा मनोमानी ढङ्गले शुल्क उठाउन थालेको जनगुनासो बढेपछि व्यवस्थापकीय कार्य गराउन नियमनकारी निकाय लाङटाङ राष्ट्रिय निकुञ्जलाई स्थानीय प्रशासनले आग्रह गरेपछि नयाँ मूल्यदर निर्धारण भएको हो।

धार्मिक मार्गअन्तर्गत धुञ्चेको घट्टेखोला, खन्ती, देउराली, डिम्सासमेतका स्थानको खाने–बस्ने मूल्यदरसमेत निर्धारण गरिएको छ। निर्धारित दर निकुञ्जले प्रमाणित गरेकालाई मात्र मन्ने हुने भएकाले होटलमा टाँसिएको दरअनुसार मात्र शुल्क तिर्न सम्पूर्ण यात्रुलाई आग्रह गरिएको छ।

खाने–बस्ने व्यवस्थापकीय कार्यअन्तर्गत धार्मिकमार्गका होटल तथा लज सञ्चालनको स्वीकृत दिने र अनुगमन गर्ने निकाय लाङटाङ राष्ट्रिय निकुञ्ज भएका कारण दर निर्धारणका साथै धार्मिकमार्ग व्यवस्थित, मर्यादित बनाउन उक्त कार्यालयलाई नै दर कायम गराउने जिम्मेवार बनाइएको प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालले बताए।

पन्ध्र दिनको समयसीमा तोकी जिल्ला प्रशासन कार्यालय रसुवाले यही १७ गते गरेको आग्रहलाई तदारूकताका साथ लाङटाङ राष्ट्रिय निकुञ्जले कार्यान्वयन गरी १९ गते नै नयाँ दर कायम गराएको थियो।

नयाँ दर होटलमा टाँसिने र त्यसका आधारमा मात्र यात्रुले शुल्क तिर्नसमेत निकुञ्जले आग्रह गरेको छ। निर्धारण भएको नयाँ दर कार्यान्वयनको चरणमा अगाडि बढिसकेको होटल व्यवसायी सङ्घ रसुवाका अध्यक्ष निशान उपनामले परिचित रामशरण गजुरेलले जानकारी दिए। -रासस

प्रकाशित: Apr 07, 2021| 05:50 बुधबार, चैत २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।