मंगलबार, असोज १, २०८१
  • गृहपृष्ठ
  • समाज
  • सुर्खेतमा वायु प्रदूषण : घरबाहिर ननिस्कन प्रशासनको आग्रह

सुर्खेतमा वायु प्रदूषण : घरबाहिर ननिस्कन प्रशासनको आग्रह

सुर्खेतको वीरेन्द्रनगरमा वायु प्रदूषण बढेको छ। प्रदूषण बढेपछि जिल्ला प्रशासन कार्यालयले नागरिकलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरेको छ।
 |  मंगलबार, चैत २४, २०७७
nespernesper

देव राना

देव राना

मंगलबार, चैत २४, २०७७

सुर्खेत- सुर्खेतको वीरेन्द्रनगरमा वायु प्रदूषण बढेको छ। प्रदूषण बढेपछि जिल्ला प्रशासन कार्यालयले नागरिकलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरेको छ।

triton college

‘वायु प्रदूषणको स्तर बढ्दै गई मानव स्वास्थ्यमा खत्तरा पुग्ने स्थिति भएकोले अत्यावश्यक काम नपरी घरबाहिर ननिस्कनुहुन र केटाकेटी, बुढाबुढी तथा दीर्घरोगीले थप सावधानी अपनाउन अनुरोध गरिन्छ’ प्रशासन कार्यालयका सूचना अधिकारी श्रीसमसेर रानामगरले जारी गरेको सूचनामा भनिएको छ।

यस्तै वायु प्रदूषण बढ्न थालेपछि बालबालिका र जेष्ठ नागरिकलाई घरभित्र बस्न चिकित्सकहरुले पनि सुझाव दिएका छन्। ‘वायू प्रदूषणले जेष्ठ नागरिक र बालबालिकामा बढी असर पार्छ’ प्रदेश अस्पताल सुर्खेतका फिजिसियन डाक्टर केएन पौडेलले भने, ‘प्रदूषण नहट्दासम्म बालबालिका र जेष्ठ नागरिकलाई घरभित्रै राखौँ।’

डाक्टर पौडेलका अनुसार वायु प्रदूषणले स्वास्थ्यमा गम्भीर असर पार्छ। तत्कालीन रुपमा, छाला चिलाउने, आँखा चिलाउने, खोकी लाग्ने, हाच्छिउँ आउने, श्वास फेर्न गाह्रो हुने र श्वासप्रश्वास र रक्तनलीमा दीर्घकालीन समस्या आउने, लामो समयसम्म दमको बिरामी हुने, फोक्सोको क्यान्सर बनाउन जस्ता रोगहरु निम्त्यिाउँछ। त्यस्तै रक्तनलीमा असर गर्न सक्ने, मुटु रोग र हृदयाघात, क्यान्सर र मस्तिष्क घात जस्ता गम्भीर असरहरु पर्ने पौडेलले बताए।

त्यस्तै प्रदूषणकै कारण आँखाका बिरामीहरु बढ्न थालेका छन्। आँखालाई प्रदूषणबाट बचाउन चस्माको प्रयोग गर्न चिकित्सकहरुको सुझाव छ। आँखामा समस्या आउन भन्दै सकेसम्म आँखा छोप्ने खालको चस्मा प्रयोग गर्नुपर्ने सुर्खेत आँखा अस्पताका डाक्टर शक्तिप्रसाद सुवेदीले बताए। ‘वायु प्रदूषणले आँखा चिलाउने, चराउने, आँखा पिरो हुने जस्ता समस्या निम्त्याउँछ’ डाक्टर सुवेदीले भने, ‘प्रदूषण नहट्दासम्म आँखालाई छोप्ने गरी चस्माको प्रयोग गरौँ।’ तीन दिनदेखि प्रदूषणका बिरामीहरु बढेको छन्। ‘अस्पताल आएका विरामीमध्ये सोमबार मात्रै २०/२२ जना बिरामीमा प्रदूषणको असर देखिएको छ’ डाक्टर सुवेदीले भने, ‘प्रदूषणको बेला चस्मा प्रयोग गर्नु नै सबैभन्दा बुद्धिमानी हुन्छ।’ आइतबारदेखि वीरेन्द्रनगरमा वायु प्रदूषण बढेको छ।

Metro Mart
vianet

तीन दिनदेखि हवाई उडान बन्द

वायु प्रदूषणका कारण सोमबार सुर्खेतमा उडान प्रभावित भएको छ। प्रदूषणका कारण आइतबार,  सोमबार र मंगलबार उडान प्रभावित भएको नागरिक उड्डयन प्राधिकरण कार्यालय सुर्खेतका प्रमुख उमेशकुमार पन्थिले जानकारी दिए। ‘सुर्खेतबाट दैनिक सातदेखि १५ वटासम्म उडान हुन्छ’ पन्थीले भने, ‘भिजिविलीटी कम हुँदा तीन दिनदेखि उडान प्रभावित भएको छ।’ आइतबार बिहानै सुर्खेतबाट एउटा मात्रै उडान भएको थियो।

झण्डै नौ बजेदेखि वायु प्रदूषण उच्च भएपछि उडान प्रभावित भएको हो। वायु प्रदूषण नघटे अझै केही दिन उडान प्रभावित हुनसक्ने कार्यालयले जनाएको छ। सुर्खेतबाट कर्णालीका मुगु, जुम्ला, हुम्ला र नेपालगञ्ज तथा काठमाडौँ दैनिक उडान हुँदै आएको छ। तर आइतबारदेखि वीरेन्द्रनगर उपत्यकामा वायु प्रदूषणको असर देखिएपछि उडान प्रभावित भएको हो।

प्रकाशित: Apr 06, 2021| 14:06 मंगलबार, चैत २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।