बुधबार, जेठ २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ममाथि बम प्रहार गर्ने साथीलाई गृहमन्त्री बनाएर गल्ती गरें : दाहाल

ममाथि बम प्रहार गर्ने साथीलाई गृहमन्त्री बनाएर गल्ती गरें : दाहाल

‘२०७० सालको चुनावमा ममाथि बम प्रहार गर्ने साथीलाई गृहमन्त्री बनाएर मैले गल्ती गरें।’
 |  मंगलबार, चैत २४, २०७७

देव राना

देव राना

मंगलबार, चैत २४, २०७७

सुर्खेत– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले रामबहादुर थापा ‘बादल’ लाई गृहमन्त्री बनाउनु ठूलो भूल भएको बताएका छन्।

National life

जनआन्दोलन दिवसका अवसरमा मंगलबार रुकुम पश्चिममा आयोजित बृहत् जनसभालाई सम्बोधन गर्दै दाहालले यस्तो बताएका हुन्। बादल माओवादी छाडेर एमाले प्रवेश गरेका छन्।

‘जस्तो दुःख पर्दा पनि मेरो प्रचण्ड भन्ने हिँड्ने नेता कार्यकर्तालाई ओझेलमा परे’, दाहालले आत्मालोचना गर्दै भने,  ‘२०७० सालको चुनावमा ममाथि बम प्रहार गर्ने साथीलाई गृहमन्त्री बनाएर मैले गल्ती गरें।’

२०७० सालको निर्वाचनमा आफू केही सेकेन्डले मात्रै बम आक्रमणबाट बचेको उनको भनाइ थियो। २०७० सालको दोस्रो संविधानसभामा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारीले चुनाव बहिष्कार गरेको थियो। उतिबेला थापा वैद्यको दलमा थिए।

 

Shivam cement

प्रकाशित: Apr 06, 2021| 13:51 मंगलबार, चैत २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।