आइतबार, भदौ १४, २०८३

दिल्लीमा चार साता नाइट कर्फ्यु

कोरोना भाइरस संक्रमितको संख्या तीव्र गतिमा बढ्न थालेपछि भारतको राजधानी नयाँ दिल्लीमा नाइट कर्फ्यु लागू भएको छ।
 |  मंगलबार, चैत २४, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २४, २०७७

काठमाडौं– कोरोना भाइरस संक्रमितको संख्या तीव्र गतिमा बढ्न थालेपछि भारतको राजधानी नयाँ दिल्लीमा नाइट कर्फ्यु लागू भएको छ।

दिल्लीमा अब अप्रिल ३० तारिखसम्म राति १० देखि बिहान ५ बजेसम्म कर्फ्यु लागू हुनेछ।

परिचयपत्र बोकेका स्वास्थ्यकर्मी, टिकट बोकेका बस, रेल तथा हवाई यात्रु, गर्भवती तथा अन्य बिरामीलाई भने आवतजावतको छुट हुनेछ।

हिजो सोमबार दिल्लीमा ३५ सय ४८ जना संक्रमित थपिए भने १५ जनाको मृत्यु भयो। अहिले त्यहाँ १४ हजार ५८९ सक्रिय संक्रमित छन्। 

भारतभर भने पछिल्लाे २४ घण्टामा करिब ९७ हजार संक्रमित थपिएका छन्। ४४६ जनाकाे मृत्यु भएकाे छ।

प्रकाशित: Apr 06, 2021| 07:35 मंगलबार, चैत २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।