काठमाडौं– नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँ बढेको छ।
महासंघका अनुसार छापावाल सुनको मूल्य ८७ हजार पाँच सय रुपैयाँ प्रतितोला पुगेको छ। सोमबार छापावाल सुनको मूल्य प्रतितोला ८७ हजार दुई सय रुपैयाँ थियो।
आइतबार छापावाल सुनको मूल्य प्रतितोला ८७ हजार चार सय रुपैयाँ थियो।
मंगलबार चाँदीको मूल्य प्रतितोला १२ सय ३५ रुपैयाँ रहेको महासंघले जानकारी दिएको छ।