काठमाडौं- सार्वजनिक खरिद अनुगमन कार्यालयले ११ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। सडक विभागअन्तर्गतको सडक डिभिजन कार्यालय हेटौंडाको सिफारिसमा ११ कम्पनीलाई १ वर्षसम्म कालोसूचीमा राखिएको कार्यालयले जानकारी दिएको हो।
कालोसूचीमा पर्नेमा हेटौंडा कन्स्ट्रक्सन, सरस्वती कन्स्ट्रक्सन, अभय कन्स्ट्रक्सन, जनजागृति कन्स्ट्रक्सन छन्। यस्तै विशाल कन्स्ट्रक्सन, विनायक कन्स्ट्रक्सन, शर्मिला कन्स्ट्रक्सन, नयाँ युग निर्माण सेवा, शिव निर्माण सेवा, आरएस निर्माण सेवा र बी ब्रदर्स निर्माण सेवा छन्।
कालोसूचीमा राखिएको अविधिभर अब यी कम्पनीले कुनै पनि खरिद प्रक्रियामा भाग लिन नसक्ने कार्यालयले प्रष्ट पारेको छ।