आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नदीजन्य पदार्थको अवैध उत्खनन गर्ने १३ सवारी नियन्त्रण

नदीजन्य पदार्थको अवैध उत्खनन गर्ने १३ सवारी नियन्त्रण

म्याग्दे गाउँपालिका–५ छाङ्पाटनमा नदी बगरबाट अवैधरूपमा गिट्टी, बालुवा उत्खनन गर्दै गरेको अवस्थामा ग१क २८७९ को जेसिभीलाई नियन्त्रणमा लिइएको छ। उक्त सवारीलाई कारवाहीका लागि पठाइएकामा म्याग्दे गाउँपालिकाले रु २० हजार जरिवाना गरेको छ। 
 |  मंगलबार, चैत २४, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २४, २०७७

तनहुँ- अवैधरूपमा नदीजन्य पदार्थ उत्खनन गरेको अवस्थामा प्रहरीले १३ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ। तनहुँका विभिन्न स्थानीय तहमा अवैधरूपमा उत्खनन गर्दै गरेको अवस्थामा प्रहरीले चार एक्साभेटर, दुई जेसिभी, चार ट्र्याक्टर र तीन टिपर नियन्त्रणमा लिएको हो। 

म्याग्दे गाउँपालिका–५ छाङ्पाटनमा नदी बगरबाट अवैधरूपमा गिट्टी, बालुवा उत्खनन गर्दै गरेको अवस्थामा ग१क २८७९ को जेसिभीलाई नियन्त्रणमा लिइएको छ। उक्त सवारीलाई कारवाहीका लागि पठाइएकामा म्याग्दे गाउँपालिकाले रु २० हजार जरिवाना गरेको छ। 

व्यास नगरपालिका–७ गलमखोलास्थित सामुदायिक वनको निषेधित क्षेत्रमा अवैधरूपमा ढुङ्गा उत्खनन गर्दै गरेको अवस्थामा ना१क ६२५२ नंको एक्साभेटरसहित ग१त ६०९८ नंको ट्र्याक्टरलाई नियन्त्रणमा लिइएको छ। ती सवारीलाई कारवाहीका लागि पठाइएकामा व्यास नगरपालिकाले रु २० हजार जरिवाना गराएको छ। 

भीमाद नगरपालिका–५ एक्ले भन्ने ठाउँमा बिनाइजाजत गिट्टी, बालुवा उत्खनन गर्दै गरेको अवस्थामा एक्साभेटरसहित बालुवा लोड गरेको ग १ त ४०६१ नंको टिपरलाई नियन्त्रणमा लिइएको छ।

शुक्लागण्डकी नगरपालिका–८ मा रहेको जमिनबाट बिनाइजाजत ढुङ्गा, माटो उत्खनन गरिरहेको अवस्थामा ग १ क ३४३५ नंको एक्साभेटरसहित लोड गरिरहेका ग१त ३१९०, ग१त ३४२१ र ग१त ३०७० नंको ट्र्याक्टरलाई नियन्त्रणमा लिइएको छ। ती सवारीलाई कारवाहीका लागि शुक्लागण्डकी पठाइएकामा रु ५६ हजार जरिवाना भएको छ। 

त्यस्तै शुक्लागण्डकी नगरपालिका–९ छहरा स्थितमा रहेको जमिनबाट बिनाइजाजत अवैधरूपमा नदीजन्य पदार्थ उत्खनन गरिरहेको अवस्थामा ग१क ३७८८ नंको एक्साभेटर र ग१क ३१७५ नंको जेसिभीसहित ग१क ३२५२, ग१क ३२५१ नंको टिपरलाई नियन्त्रणमा लिई कारवाहीका लागि नगरपालिका बुझाइएको छ ।

प्रकाशित: Apr 06, 2021| 02:44 मंगलबार, चैत २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।