आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • २-३ महिनापछि फेरि कोरोना संक्रमण उच्च हुन सक्छ : स्वास्थ्यमन्त्री त्रिपाठी

२-३ महिनापछि फेरि कोरोना संक्रमण उच्च हुन सक्छ : स्वास्थ्यमन्त्री त्रिपाठी

'अबको २-३ महिनामा फेरि संक्रमणको दर उच्च हुन सक्छ,' मन्त्री त्रिपाठीले भने, 'नेपालमा पनि कोरोना संक्रमण बढ्दै गएकाले जनस्वास्थ्यका मापदण्ड पालना गर्न सबैमा आग्रह गर्छु।' 
 |  सोमबार, चैत २३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत २३, २०७७

काठमााडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले अबका २-३ महिनापछि पुनः कोरोना संक्रमण तीव्र बन्न सक्ने भन्दै सचेत रहन आग्रह गरेका छन्। प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै मन्त्री त्रिपाठीले सरकारको यस्तो आकलन रहेकाले सचेत रहन आग्रह गरेका हुन्। 

'अबको २-३ महिनामा फेरि संक्रमणको दर उच्च हुन सक्छ,' मन्त्री त्रिपाठीले भने, 'नेपालमा पनि कोरोना संक्रमण बढ्दै गएकाले जनस्वास्थ्यका मापदण्ड पालना गर्न सबैमा आग्रह गर्छु।' 

'नेपालको सन्दर्भमा कोरोना संक्रमण दुई 'वेभ' आएको छ,' स्वास्थ्यमन्त्री त्रिपाठीले भने, ‘पहिलो वेभ २०७७ जेठको दोस्रो सातादेखि असारको दोस्रो सातामा उच्च बिन्दुमा पुगेर साउनको पहिलो सातामा घटेको थियो। तत्पश्चात संक्रमण पुनः बढ्दै कार्तिकको दोस्रो साता संक्रमितको संख्या उच्च बिन्दुमा पुगेको थियो।'

कार्तिक ५ गते एकैदिन ५ हजार ७४३ नयाँ संक्रमित भेटिएका थिए। त्यसपछि कार्तिक १० गते परीक्षण गरिएकोमा सबैभन्दा धेरै दर ३५ प्रतिशतसम्म पुगेको थियो। त्यसयता घट्दै माघमा कम भएकोमा संक्रमण पुनः बढ्न थालेको भन्दै चिन्ता प्रकट गरिएको छ। 

सोमबार मात्र ४ हजार ५३६ पिसिआर परीक्षण गर्दा २६६ जनामा संक्रमण पुष्टि भएको छ।

प्रकाशित: Apr 05, 2021| 11:32 सोमबार, चैत २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।