शनिबार, असोज १०, २०८३

हाउजेको आठौं शोरुम इलाममा 

 |  सोमबार, चैत २३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत २३, २०७७

काठमाडौं– कृष्ण इन्टरनेशनल ट्रेडिङ कन्सर्नले नेपाली बजारमा चिनियाँ मोटरसाइकल कम्पनी हाउजेका बाइकहरु भित्र्याएको छ। डिलर र सर्भिस सेन्टर विस्तार गर्दै कम्पनीले नेपाली बजारमा हाउजे ब्राण्डलाई बिक्री गरिरहेको छ। 

हाउजेले सुजुकीसँगको सहकार्यमा चीनमा हाउजे बाइक उत्पादन गर्दै आएको छ। सुजुकीले यही स्पेसिफिकेसनको बाइकलाई डीआर १५० ब्रान्ड नेममा बिक्री गरिरहेको छ। इन्डोनेसिया र अन्य देशमा यी बाइक निकै नै लोकप्रिय छन्। 

एनके १५० बाइक नेपाली बाटोलाई सुहाउँदो रहेको कम्पनीले दाबी गरेको छ। रोड र अफरोड दुवैका लागि यो बाइक राम्रो रहेको कम्पनीले बताएको छ। यसको मूल्य ३ लाख ९५ हजार रुपैयाँ पर्छ। बाइकको फिचर र विशेषता अनुसार धेरै सस्तो मूल्यमा हाउजेका बाइक नेपाली बजारमा उपलब्ध छन्।

रेड, ब्ल्याक र ह्वाइट गरी ३ कलारमा बाइक उपलब्ध छन्। हाउजेको टिआर १५० बाइक तथा भिएस १२५ स्कुटर पनि नेपाली बजारमा उपलब्ध छन्। टिआर १५० को मूल्य २ लाख ९५ हजार रुपैयाँ पर्छ। इन्जिन वारेन्टी २ वर्ष रहेको छ भने फ्रि सर्भिस ६ पटकसम्म उपलब्ध छ र पार्टस्समेत सर्वसुलभ मूल्यमा उपलब्ध हुने कुरा कम्पनीले बताएको छ।

डर्ट सेगमेन्टको सो बाइकले नेपाली डर्ट बाइक बजारमा अर्को प्रतिस्पर्धा थपेको छ । यसमा प्रयोग गरिएको इन्जिन र च्यासिसको ब्यालेन्सका कारण राइडर जतिसुकै लामो र कठिन सडकमा पनि नथाक्ने कम्पनीको दावी छ।

हाउजेको एनके १५० बाइकमा नयाँ कम्पोजिट मेटरियल क्यारियरको रुपमा प्रयोग गरिएको छ । त्यसैगरी यसमा प्रयोग गरिएको एलसीडी डिस्प्लेमा विभिन्न जानकारी प्राप्त गर्न सकिन्छ। यसको इन्धन ट्यांकीको क्षमता साढे १२ लिटरको छ। बाइकमा भएको १४९.२ सीसीको इन्जिनले ८.८ किलोवाट पावर र ११.६ एनएम टर्क जेनेरेट गर्छ। यसमा फाइभ स्पिड गियरबक्स उपलब्ध छ।

यसको मूल्य ३ लाख ९५ हजार रुपैयाँ तोकिएको छ। नगदमार्फत खरिद गर्न चाहने ग्राहकले सिधै १० हजार रुपैयाँको छुट पाउने र एक्सचेन्ज गर्न चाहनेका लागि सो सुविधा समेत उपलब्ध छ। त्यसैगरी फाइनान्समा समेत बाइक खरिद गर्न सकिने कम्पनीको भनाइ छ।

कमलपोखरीस्थित कृष्ण पाउरोटीको विपरित दिशामा पहिलेको सुजुकी सोरुममा हाउजेको सोरुम उपलब्ध छ। त्यसैगरी काठमाडौं उपत्यकाको टेकु र नयाँ बजार, चाबहिलमा हाउजेको सोरुम छ। उपत्यकाबाहिर चितवन, हेटौंडा र संखुवासभामा यसका सोरुम छन्। यही क्रममा आठौंं शोरुमको रुपमा पूर्वको इलाम नगरपालिका ९ सिलिखानमा प्रेम राईले नया शोरुम सञ्चालनमा ल्याउने भएका छन्। शोरुम यही चैत २७ गते उद्घाटन हुने हाउजेका बिजनेस हेड प्रमिला खत्रीले जानकारी दिइन्।

प्रकाशित: Apr 05, 2021| 08:42 सोमबार, चैत २३, २०७७
प्रतिक्रिया दिनुहोस्