शनिबार, असोज १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एभरेष्ट बैंकमा पहिलोपटक नेपाली सिइओको रुपमा खालिङको इन्ट्री 

एभरेष्ट बैंकमा पहिलोपटक नेपाली सिइओको रुपमा खालिङको इन्ट्री 

एभरेष्ट बैंक लिमिटेडले पहिलो पटक नेपालीलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा नियुक्त गरेको छ।
 |  आइतबार, चैत २२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, चैत २२, २०७७

काठमाडौं- एभरेष्ट बैंक लिमिटेडले पहिलो पटक नेपालीलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा नियुक्त गरेको छ। बैंक स्थापना भएको २५ वर्षपछि बैंकले नेपाली सुदेश खालिङलाई नियुक्त गरेको हो। 

एभरेष्ट सञ्चालक समितिले भारतीय मुलका सिइओ गजेन्द्रकुमार नेगीलाई नियुक्त गरेको १७ महिनामै फिर्ता पठाउने निर्णय गरेको छ। चार वर्षका लागि नियुक्त भएका गजेन्द्रकुमार नेगी यही शुक्रबारसम्म बैंक नेतृत्वमा रहने छन्।

प्रमुख कार्यकारी नियुक्तबारे एभरेष्टले राष्ट्र बैंकलाई मौखिक जानकारी गराइसकेको राष्ट्र बैंकले जनाएको छ। 

खालिङ परिचित बैंकर हुन्। उनी सिटिजन्सको सञ्चालक हुनुअघि लक्ष्मी बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत थिए।

लक्ष्मी बैंक एभरेष्टसँग मर्जर हुने चर्चा चलिरहँदा उनले लिड गरिरहेका थिए। मर्जरका लागि सहमति हुने करिब करिब अन्तिम चरणमा पुगे पनि पछि कुरा अगाडि बढेको थिएन। खालिङसँग करिब ३३ वर्ष लामो सक्रिय बैंकिङ अनुभव छ। 

एभरेष्टले आफ्नो संयुक्त लगानी भएको भारतीय पञ्जाब नेशनल बैंकबाट प्रमुख कार्यकारी अधिकृत ल्याउने गरे पनि अचानक नेपालीलाई सिइओ बनाएको पहिलो पटक हो। एभरेष्टमा पञ्जाबको २० प्रतिशत लगानी छ।

प्रकाशित: Apr 04, 2021| 13:42 आइतबार, चैत २२, २०७७
प्रतिक्रिया दिनुहोस्