काठमाडौं– ठमेलमा नयाँ होटेल ‘नेपाली घर’ १६ जेठदेखि सञ्चालनमा आएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीले उक्त होटेल उद्घाटन गरे ।
प्रबन्ध निर्देशक राजु श्रेष्ठका अनुसार होटेलमा नेपाली कला र संस्कृतिको पहिचान झल्काउने प्रयास गरिएको छ । पाँच तले होटेलको बाहिरी बनावट परम्परागत नेपाली र भित्री बनावट प्यागोडा शैलीमा तयार गरिएको छ ।
स्थानीय शिल्पीहरूको अधिकतम प्रयोगबाट होटेलमा आकर्षक सजावट गरिएको छ ।
एक्स्क्लुसिभ बेडसहितको आरामदायी कोठा, फिटनेस सेन्टर, मिटिङ हललगायत सुविधा होटेलमा उपलब्ध छन् । पाँचतारेबराबरको सुविधा रहेको व्यवस्थापनको दाबी छ ।
उक्त होटेलमा ३४ वटा रुम र दुई वटा सुइट रुम छन् । तीमध्ये हेरिटेज डिलक्स रुम २३, हेरिटेज डिलक्स कर्नर ६, हेरिटेज ग्रान्ड डिलक्स ३ तथा मानगृह र कैलाशकुट सुइट १÷१ वटा छन् ।
सबै कोठा परम्परागत नेपाली कलाले सजाइएको छ । रुममा ४० इन्चको एलईडी टीभी, विद्युतीय सेफ, मिनी बार, एयर कन्डिसनलगायत सुविधा उपलब्ध छन् ।
सहयोगीका लागि निःशुल्क पार्किङ, विमानस्थलसम्म आउने–जाने सुविधा, विदेशी विनिमयलगायत सुविधा पनि उपलब्ध छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४