काठमाडौं- प्रतिनिधिसभा सदस्यमा समानुपातिक तर्फबाट निर्वाचित जानकीदेवी रामले पद तथा गोपनीयताको सपथ लिएकी छन्।
गोलबजार नगरपालिका-१ सिरहाकी जानकीदेवी रामलाई सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा सदस्यको पद तथा गोपनियताको सपथ गराएका हुन्।
नेकपा (एमाले)की सानु शिवाको निधनपछि रिक्त समावेशी दलित कोटामा राम निर्वाचित भएकी हुन्।
सांसद शिवाको गत असोज २८ गते निधन भएपछि समानुपातिकतर्फको पद रिक्त थियो।
निर्वाचन आयोगले समावेशी दलित कोटामा उनी निर्वाचित भएको जानकारी चैत १९ गते संसद् सचिवालयलाई गराएको थियो।
कार्यक्रममा सभामुख सापकोटाले संघीय सांसद, प्रतिनिधिसभाको प्रतीक चिह्न (लोगो) प्रदान गरी सफल कार्यकालका लागि बधाई ज्ञापन गरेका थिए।