आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपाल-खनाल समूहले घोषणा गर्‍यो काठमाडौंमा समानान्तर कमिटी, यी हुन् पदाधिकारी

नेपाल-खनाल समूहले घोषणा गर्‍यो काठमाडौंमा समानान्तर कमिटी, यी हुन् पदाधिकारी

आइतबार राजधानीमा एक भेला आयोजना गरी यो समूहले आफ्नो पक्षको समानान्तर कमिटी घोषणा गरेको हो। 
 |  आइतबार, चैत २२, २०७७

बीपी अनमोल

बीपी अनमोल

आइतबार, चैत २२, २०७७

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी एमालेका वरिष्ठ नेताहरू माधवकुमार नेपाल र झलनाथ खनालले काठमाडौं जिल्लामा  समानान्तर कमिटी गठन गरेको छ। 

आइतबार राजधानीमा एक भेला आयोजना गरी यो समूहले आफ्नो पक्षको समानान्तर कमिटी घोषणा गरेको हो। 

नेपाल-खनाल समूहको काठमाडौं जिल्ला कमिटी अध्यक्षमा वसन्त मानन्धरलाई ल्याइएको छ। यस्तै उपाध्यक्ष शोभा सापकोटा छिन् भने सचिवमा कुसुमकुमार कार्की छन्। लक्ष्मीप्रसाद (एलपी) श्रेष्ठ उपसचिव भएका छन्। 

शनिबार बसेको उक्त पक्षको स्थायी कमिटी बैठकले सबै तहमा पार्टीका कमिटी गठन गर्ने निर्णय गरेको थियो। एमालेलाई थप एकताबद्ध बनाउन संगठन सुदृढीकरणको अभियानअन्तर्गत कमिटीहरू गठन गरिने नेपाल-खनाल समूहले दाबी गरेको छ। 

प्रकाशित: Apr 04, 2021| 11:10 आइतबार, चैत २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।