शनिबार, असोज १०, २०८३

पेट्रोलियम डिलर्स एसोसिएसनमा पुनः प्रधान

पेट्रोलियम डिलर्स एसोसिएसनको अध्यक्षमा पुनः लिलेन्द्र प्रधान निर्वाचित भएका छन्।
 |  आइतबार, चैत २२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, चैत २२, २०७७

काठमाडौं- पेट्रोलियम डिलर्स एसोसिएसनको अध्यक्षमा पुनः लिलेन्द्र प्रधान निर्वाचित भएका छन्।

अध्यक्षका प्रत्यासी नवीनचन्द्र श्रेष्ठलाई पराजय गर्दै प्रधान एसोसिएसनको अध्यक्षमा दोस्रो पटक चयन भएका हुन्।

उनी यसअघि पनि एसोसिएसनको अध्यक्ष हुन्। गत वर्ष नै हुने भनेको एसोसिएसनको निर्वाचन कोरोना महामारीका कारण रोकिएको थियो।

एसोसिएसनको वरिष्ठ उपाध्यक्षमा सुनिलकुमार गुरुङ, प्रथम उपाध्यक्षमा विनोदकुमार चौरासिया र महासचिवमा विश्वप्रसाद अर्याल विजयी भएका छन्।

त्यस्तै कोषाध्यक्षमा चतुर्भुज सरिया, सचिवमा हिमाल गैरे र सहसचिवमा श्यामकुमार बुढाथोकी निर्वाचित भएका एसोसिएसनले जानकारी दिएको छ।

प्रकाशित: Apr 04, 2021| 11:12 आइतबार, चैत २२, २०७७
प्रतिक्रिया दिनुहोस्