शनिबार, असोज १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सुदूरपश्चिमका पर्यटकीय क्षेत्र विकास गर्न सरकार गम्भीर छ : मन्त्री आले

सुदूरपश्चिमका पर्यटकीय क्षेत्र विकास गर्न सरकार गम्भीर छ : मन्त्री आले

वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमस्थित विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रको दिगो विकासका लागि आफू प्रतिबद्ध रहेको बताएका छन्। 
 |  शनिबार, चैत २१, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, चैत २१, २०७७

डाेटी- वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमस्थित विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रको दिगो विकासका लागि आफू प्रतिबद्ध रहेको बताएका छन्। 

डोटीको जोरायल गाउँपालिका–२ बुडरमा आज आयोजित ‘प्राणी उद्यानको सम्भाव्यता’ सम्बन्धी सामुदायिक वन उपभोक्ता समूह र सरोकारवालाबीचको अन्तरक्रिया कार्यक्रममा उनले सुदूरपश्चिम प्रदेशस्थित खप्तड, रामारोसन, बडिकेदार, बडिमालिकालगायत धार्मिक तथा पर्यटकीय क्षेत्रको दिगो विकासका लागि सरकार गम्भीर भएर लागेको दाबी गरेका हुन्। 

'सुदूरपश्चिममा असङ्ख्य धार्मिक तथा पर्यटकीय क्षेत्र छन्, ती क्षेत्रको दिगो विकासका लागि सरकारले विभिन्न कार्ययोजना अगाडि बढाएको छ, चाडै नै यहाँका पर्यटकीय र धार्मिक क्षेत्रको पूर्वाधारको काम हुनेछ,' उनले भने। 

मन्त्री आलेले सरकारले सुदूरपश्चिममा चिडियाखाना निर्माण गरिने योजनाका साथ  अगाडि बढेको जानकारी दिदैं सुदूरपश्चिमको प्रमुख पर्यटकीय स्थल खप्तडक्षेत्रमा पूर्वाधार विकास निर्माणका अधुरा कामलाई पूरा गर्ने गरी बजेट विनियोजन गराउन आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

'खप्तडक्षेत्र यहाँको पर्यटकीय केन्द्रविन्दु हो, यस क्षेत्रको विकास गर्न सके यहाँको आर्थिक तथा सामाजिक विकासको ढोका खुल्छ । त्यसैले यस क्षेत्रको पूर्वाधार विकास निर्माणका अधुरा कामलाई पूरा गर्ने गरी बजेट विनियोजन गराउनेमा आफ्नो पूर्ण सहयोग हुनेछ,' उनले भने। 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक डा दीपक खरालले सरकारले सुदूरपश्चिममा चिडियाखाना निर्माणका लागि सरकारले निर्णय गरिसकेकाले चाँडै नै यहाँ चिडियाखाना स्थापना गरिने बताए।

सरकारले सातवटै प्रदेशमा चिडियाखाना स्थापना गर्नका लागि बजेट विनियोजन गरिसकेको बताउँदै उनले डोटीको जोरायल गाउँपालिका–२ बुडरमा प्राणी उद्यानको निर्माणका लागि सरकारी प्राविधिक टोलीले सर्वेको कार्य अगाडि बढाएको जानकारी दिए। 

प्रकाशित: Apr 03, 2021| 14:14 शनिबार, चैत २१, २०७७
प्रतिक्रिया दिनुहोस्