आइतबार, भदौ १४, २०८३

सुदूरपश्चिमका ३ जनामा काेराेनाकाे नयाँ ‘भेरियन्ट’

पछिल्लाे पटक शनिबार कञ्चनपुर कृष्णपुर नगरपालिका–५ का एक पुरुषमा नयाँ प्रकारको (भेरियन्ट) कोरोनाको सङ्क्रमण भएको पुष्टि भएको हाे। दुई साताअघि भारतको कर्नाटकबाट फर्केका व्यक्तिमा नयाँ प्रकारको कोरोनाको सङ्क्रमण भएको पाइएको स्वास्थ्य कार्यालय कञ्चनपुरका कोभिड पर्सन सिद्धराज भट्टले बताएका थिए।
 |  शनिबार, चैत २१, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, चैत २१, २०७७

धनगढी- सुदूरपश्चिम प्रदेशका तीन जनामा काेराेना भाइसरकाे नयाँ भेरियन्ट पुष्टि भएकाे छ। प्रदेशकाे सामाजिक विकास मन्त्रालयका अनुसार हालसम्म तीन जनामा काेराेनाकाे नयाँ भेरियन्ट पुष्ट भएकाे हाे। 

कञ्चनपुरका एक जना, डोटीको जोरायल गाउँपालिकाका एक र डडेल्धुराको पर्शुराम नगरपालिकाका एक जना गरी तीन जनामा नयाँ भेरियन्ट पुष्टि भएको हाे।

नयाँ भेरियन्टकाे कोरोना भएका सबै जना घरमै आइसोलेसनमा रहेकाे मन्त्रालयले जानकारी दिएकाे छ। 

पछिल्लाे पटक शनिबार कञ्चनपुर कृष्णपुर नगरपालिका–५ का एक पुरुषमा नयाँ प्रकारको (भेरियन्ट) कोरोनाको सङ्क्रमण भएको पुष्टि भएको हाे। दुई साताअघि भारतको कर्नाटकबाट फर्केका व्यक्तिमा नयाँ प्रकारको कोरोनाको सङ्क्रमण भएको पाइएको स्वास्थ्य कार्यालय कञ्चनपुरका कोभिड पर्सन सिद्धराज भट्टले बताएका थिए।

'शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणको नतिजा आएको छ,' उनले भने, 'नतिजामा कृष्णपुरका एक जनामा नयाँ प्रकारको कोरोना सङ्क्रमण देखिएको छ।' उनको स्वास्थ्य अवस्था सामान्य छ। भारतको कर्नाटकबाट फर्केका उनी पश्चिमी सीमानाका गड्डाचौकी हुँदै भित्रिएका थिए।

प्रकाशित: Apr 03, 2021| 14:03 शनिबार, चैत २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।