आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ओलीको विकल्प दिन हामी अघि बढिसक्यौँ, पछि हट्न सक्दैनौँ : रामचन्द्र पौडेल

ओलीको विकल्प दिन हामी अघि बढिसक्यौँ, पछि हट्न सक्दैनौँ : रामचन्द्र पौडेल

‘ओलीलाई अविश्वासको प्रस्ताव राखेर हटाउनुपर्छ। उनलाई हटाउने अरु कुनै उपाय छैन। हामी ओलीको विकल्प दिन अघि बढी सक्यौँ। अब पछि हट्न सक्दैनौँ,’ उनले भने, ‘हिजो हाम्रै नेतृत्वमा सरकार बनाउने भनेर ओलीलाई हटाउने निर्णय गरेका छौँ।’
 |  शनिबार, चैत २१, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, चैत २१, २०७७

काठमाडौँ– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने दिशामा कांग्रेस अघि बढिसकेको बताएका छन्। नेपाली काङ्ग्रेस नुवाकोटद्वारा आयोजित नुवाकोट-काठमाडौं सम्पर्क समितिको भेलामा नेता पौडेलले यस्तो बताएका हुन्। 

‘ओलीलाई अविश्वासको प्रस्ताव राखेर हटाउनुपर्छ। उनलाई हटाउने अरु कुनै उपाय छैन। हामी (कांग्रेस) ओलीको विकल्प दिन अघि बढिसक्यौँ। अब पछि हट्न सक्दैनौँ,’ उनले भने, ‘हिजो हाम्रै नेतृत्वमा सरकार बनाउने भनेर ओलीलाई हटाउने निर्णय गरेका छौँ।’

ओलीले राजीनामा नदिएर गलत काम गरेको उनको टिप्पणी थियो। 

‘राजीनामा हामीले माग्यौँ। ओलीले राजीनामा दिएनन्। अझै पनि राजीनामा दिनेवाला छैनन्। केपी ओलीलाई हट भनेर कांग्रेसले भनिसकेपछि उनलाई हटाउनैपर्छ,’ सम्बोधनका क्रममा उनले भने।

प्रकाशित: Apr 03, 2021| 13:48 शनिबार, चैत २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।