आइतबार, भदौ १४, २०८३

मुगुमा जीप दुर्घटना : एक जनाको मृत्यु, पाँच घाइते

मुगुको सोरु गाउँपालिका–८ कोट भन्ने ठाउँमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। 
 |  शनिबार, चैत २१, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, चैत २१, २०७७

सुर्खेत- मुगुको सोरु गाउँपालिका–८ कोट भन्ने ठाउँमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा सोरु गाउँपालिका–७ का ३० वर्षीया गिरीकला बुढा छन्। उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ। 

घटनामा सोरु गाउँपालिका–७ का २१ वर्षीय गोविन्द विष्ट, वर्षीय ललिजङ बुढा, २८ वर्षीय ज्ञानबहादुर बुढा, रत्न बिक र छायाँनाथ रारा नगरपालिका–१ का ४८ वर्षीय कुलबहादुर मल्ल घाइते भएका मुगुका डीएसपी भिमदत्त जोशीले जनाए।

घाइते सबैको मुगु जिल्ला अस्पतालमा उपचार भइरहेको छ। सोरु गाउँपालिका–८ तारापानीबाट सदरमुकाम गमगढी आउँदै गरेको ग ३ च ११८८ नम्बरको शनिबार दिउँसो दुर्घटनामा परेको हो। 

जीप सडकदेखि झण्डै ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ। 

प्रकाशित: Apr 03, 2021| 12:38 शनिबार, चैत २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।