मंगलबार, असोज १, २०८१
  • गृहपृष्ठ
  • समाज
  • कर्णाली प्रदेश प्रमुख कलौनीको भूमिकाप्रति माओवादी केन्द्रको आपत्ति

कर्णाली प्रदेश प्रमुख कलौनीको भूमिकाप्रति माओवादी केन्द्रको आपत्ति

कर्णालीका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीको भूमिकाप्रति नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले आपत्ति जनाएको छ।
 |  शनिबार, चैत २१, २०७७
nespernesper

देव राना

देव राना

शनिबार, चैत २१, २०७७

सुर्खेत- कर्णालीका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीको भूमिकाप्रति नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले आपत्ति जनाएको छ। शनिबार बसेको माओवादी केन्द्र संसदीय दल (प्रादेशिक) को बैठकले कलौनीको भूमिकाप्रति आपत्ति जनाएको हो। 

triton college

चैत ४ गते नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रदेश प्रमुखले अवैधानिक गतिविधि गरेको भन्दै दलको बैठकले आपत्ति जनाएको हो।

‘विश्वासको मत लिने समय बाँकी रहदै प्रदेश प्रमुखले सरकारलाई पटक–पटक पत्र पठाउनु भएको छ,’ दलको बैठकपछि आयोजित पत्रकार सम्मलेनमा माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक सीताकुमारी नेपालीले भनिन्, ‘बैठकले प्रदेश प्रमुखको भूमिकाप्रति आपत्ति प्रर्कट गरेको छ ।’ 

संविधानको मर्मविपरित प्रदेश प्रमुखले सरकारमाथि हस्तक्षेपकारी भूमिका खेलेको संसदीय दलको निष्कर्ष छ। ‘उहाँ (प्रदेश प्रमुख) केन्द्रको प्रतिनिधि मात्रै हो,’ नेपालीले भनिन्, ‘अवैधानिक रूपमा प्रदेश प्रमुखले प्रदेशको अधिकारमाथि हस्तक्षेपकारी भूमिका खेल्नु भएको छ।’

गएको चैत ४ गते बसेको एमाले केपी शर्मा ओली पक्षको दलको बैठकले चैत ५ गतेदेखि सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो। तर बैठकमा सहभागी नभएका एमालेकै माधवकुमार नेपाल पक्षका सांसदहरुले भने सरकारलाई दिएको समर्थ कायम रहेको जनाएका छन्। 

Metro Mart
vianet

एमालेको ओली पक्षले चैत ५ देखि सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि वैशाख ३ गतेभित्र सरकारले विश्वासको मत लिइसक्नुपर्छ । प्रदेश प्रमुख कलौनीले भने विश्वासको मत लिने समय बाँकी रहँदै दुई पटक ध्यानाकर्षण पत्र पठाइसकेका छन्।

प्रदेश प्रमुखको कार्यालयले चैत ५ गते र चैत १७ गते एमालेले सरकारलाई दिएको समर्थन फिर्ता भएको ध्यानाकर्षण पत्र कर्णाली प्रदेशसभामा पठाएको छ। यसप्रति माओवादी केन्द्रले आपत्ति जनाएको हो।

दलको बैठकले माओवादी संसदीय दलका नेता एवम् मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले तत्काल विश्वासको मत लिनु नपर्ने निष्कर्ष निकालेको छ। 

एमालेका तीन जना मन्त्रीहरुले पदबाट राजीनामा नदिएको भन्दै तत्काल विश्वासको मत नलिने निष्कर्ष निकालेको हो। यद्यपि आइतबार बस्ने एमाले संसदीय दलको निर्णयका आधारमा थप रणनीति बनाउने बैठकको निष्कर्ष छ।

यस्तै दलको बैठकले एमालेमा प्रवेश गरेका सांसद धर्मराज रेग्मीलाई विधायन तथा प्रदेश मामिला समितिबाट हटाएको छ। रेग्मीलाई पार्टीले कारबाही गरिसकेको र उनी सांसद नरहेको भन्दै समितिबाट हटाइएको हो। माओवादीले रेग्मीको ठाउँमा विधायन तथा प्रदेश मामिला समितिमा सांसद रुकुम पश्चिमबाट निर्वाचित प्रदेश सभा सदस्य रातो कामीलाई पठाएको छ।

प्रकाशित: Apr 03, 2021| 12:15 शनिबार, चैत २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।