कास्की- ४२ दिनको आफ्नै नवजात शिशुलाई हत्या गरेको अभियोगमा एक महिला पक्राउ परेकी छन्।
कास्की जिल्ला अन्नपूर्ण गाउँपालिका–२ नौडाँडा बस्ने बाग्लुङ ढोरपाटन नगरपालिका–३ घोसाखानीकी २२ वर्षीया गीता कुँवर सुनार पक्राउ परेकी हुन्।
बिहीबार उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।
उनीमाथि कर्तव्य ज्यानसम्बन्धी कसूर अन्तर्गत थप अनुसन्धानको कार्य अगाडि बढाइएको प्रहरीले जनाएको छ।