आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • इतिहासकार महेशराज पन्तको घरमा पुगिन् राष्ट्रपति भण्डारी

इतिहासकार महेशराज पन्तको घरमा पुगिन् राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारी इतिहासकार महेशराज पन्तको निवासमा पुगेर पुस्तकालय अवलोकन गरेकी छन्।
 |  शनिबार, चैत २१, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, चैत २१, २०७७

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारी इतिहासकार महेशराज पन्तको निवासमा पुगेर पुस्तकालय अवलोकन गरेकी छन्।

डल्लुस्थित निवासमा इतिहासकार पन्तले आफ्नै सक्रियतामा पुस्तकालय स्थापना गरेका छन्। जहाँ १५ हजारभन्दा बढी पुस्तक छन्।

राष्ट्रपति भण्डारी इतिहासकार पन्तलाई भेट्न र उनले संरक्षण गरेको पुस्ताकालयको अवलोकन गर्न शनिबार दिउँसो त्यहाँ पुगेको राष्ट्रपतिका सञ्चारविज्ञ टीका ढकालले जानकारी दिए।

‘राष्ट्रपति ज्यू दिउँसो साढे २ बजे इतिहासकार पन्तको निवास पुग्नु भएको हो, करिब साढे ४ बजेसम्म त्यहाँ बस्नु भयो, पुस्तकालय अवलोकन गर्नुभयो। साथमा शिक्षामन्त्री पनि हुनुहुन्थ्यो’ ढकालले नेपालसमयसँग भने।

पन्तकाे निवासमा अरु इतिहासकारहरुसँग पनि भेटेकी राष्ट्रपतिले इतिहास संशाेधन समूहकाे कामबारे चासाे लिएकी थिइन्।

इतिहास, संस्कृतिको जगेर्ना र संरक्षणमा राष्ट्रपतिको विशेष चासो रहेकाले पन्तको पुस्तकालयमै उनी पुगेको ढकालले बताए।

पन्तको घरमा पुगेकी राष्ट्रपति भण्डारी त्यहीँबाट नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको घरमा पनि पुगेकी छन्।

पन्तसँगै जोडिएको घर खनालको रहेकाले राष्ट्रपति खनालको पनि पसेर हालखबर सोधेको बताइएको छ।

खनालसँगको भेटमा सामान्य हालखबर सोधपुछमात्र भएको राष्ट्रपति कार्यालयका एक अधिकारीले बताए।

प्रकाशित: Apr 03, 2021| 11:05 शनिबार, चैत २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।