आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • माधव नेपाल समूहप्रति लक्षित गर्दै प्रदीप ज्ञवालीले भने– तपाईंहरूलाई जनताले तिरस्कार गर्नेछन्

माधव नेपाल समूहप्रति लक्षित गर्दै प्रदीप ज्ञवालीले भने– तपाईंहरूलाई जनताले तिरस्कार गर्नेछन्

यदि नेपाल लगायतका नेताहरू नसच्चिए जनताले नै तिरस्कार गर्ने उनको भना छ। ‘हामीले केही गर्नुपर्दैन। तपाईहरूलाई जनताले तिरस्कार गर्ने छन्,’ कार्यक्रममा उनले भने। 
 |  शनिबार, चैत २१, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, चैत २१, २०७७

चितवन- नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेता एवम् परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले माधव नेपाल लगायतका नेताहरूलाई जनताले तिरस्कार गर्ने दाबी गरेका छन्। 

नेपाल कम्युनिस्ट पार्टी (एमाले) जिल्ला कमिटी चितवनले आयोजना गरेको जनप्रतिनिधि तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै नेता ज्ञवालीले यस्तो दाबी गरेका हुन्।

‘माधव नेपाललगायतका नेताहरूलाई आग्रह गर्न चाहन्छु। तपाईहरूका क्रियाकलापले विरोधी मात्र रमाइरहेका छन्। यो पतनको बाटो हो। यो बाटोबाट कहीँ पनि पुग्नु हुन्न,’ उनले भने। 

उनले नेपाललगायतका नेताहरूलाई पुनः एमालेमा नै फर्कन समेत आग्रह गरे। तर त्यसका लागि आफूहरूको सर्त रहेको समेत उनले बताए। 

‘फेरि एमालेमा गुटबन्दी गर्ने, किचलोको थलो बनाउने र नेताहरुको कुण्ठाहरू भर्ने थलोका रूपमा यो पार्टीलाई प्रयोग गर्न मिल्दैन,’ उनले भने। 

यदि नेपाल लगायतका नेताहरू नसच्चिए जनताले नै तिरस्कार गर्ने उनको भना छ। ‘हामीले केही गर्नुपर्दैन। तपाईहरूलाई जनताले तिरस्कार गर्ने छन्,’ कार्यक्रममा उनले भने। 

प्रकाशित: Apr 03, 2021| 10:13 शनिबार, चैत २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।