आइतबार, भदौ १४, २०८३

देशभर १२८ कोरोना संक्रमित थपिए, १ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा १२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  शनिबार, चैत २१, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, चैत २१, २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा १२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

२ हजार ७२७ जनाको पीसीआर परीक्षण गरिएकामा १२८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

आज थपिएकासहित देशभर कोरोना संक्रमितको संख्या २ लाख ७७ हजार ७६८ पुगेको छ।

यस्तै पछिल्लो २६ घण्टामा नेपालमा १६१ जना संक्रमणमुक्त भएका छन्। योसहित संक्रमणमुक्त हुनेको कुल संख्या २ लाख ७३ हजार १२३ पुगेको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १ हजार ६१३ पुगेको छ।

पछिल्लो २४ घण्टामा नेपालमा १ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। योसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३२ पुगेको छ।

प्रकाशित: Apr 03, 2021| 10:15 शनिबार, चैत २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।