आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बाबुरामलाई विश्वप्रकाशको जवाफ- जसपामा प्रष्ट निर्णय गर्नुस्, अनि बन्छ समीकरण

बाबुरामलाई विश्वप्रकाशको जवाफ- जसपामा प्रष्ट निर्णय गर्नुस्, अनि बन्छ समीकरण

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई जसपालाई एकताबद्ध गराएर प्रष्ट निर्णय गर्न भनेका छन्।
 |  शनिबार, चैत २१, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, चैत २१, २०७७

काठमाडौं- नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई जसपालाई एकताबद्ध गराएर प्रष्ट निर्णय गर्न भनेका छन्।

भट्टराईको एउटा ट्विटको रिप्लाई गर्दै कांग्रेस प्रवक्ता शर्माले जसपालाई कांग्रेस जस्तै एकताबद्धा बनाएर प्रष्ट निर्णय गर्न भन्दै त्यसपछि नयाँ समीकरण बन्न सक्ने बताएका हुन्।

भट्टराईले कांग्रेसले प्रधानमन्त्रीको राजीनामा माग्ने निर्णय गरेकोमा प्रसंशा गरेका थिए।

त्यही ट्विटको रिप्लाईमा प्रवक्ता शर्माले भनेका छन्, ‘संकेत प्रष्ट निर्णय गरेका छौँ, कांग्रेसको प्रशंसा गर्नुभयो, धन्यवाद छ अब कांग्रेसले जस्तै एकताबद्ध र प्रष्ट निर्णय जसपामा गर्ने क्षमता प्रस्तुत गर्नोस्, तब बन्नेछ नयाँ समीकरण’

प्रवक्ता शर्माले ट्विटर मन्थन केही दिनलाई यतिमै छाडेर आन्तरिक अभ्यासमा लाग्नसमेत आग्रह गरेका छन्।

भट्टराईले के भनेका थिए ?

‘अन्ततः प्रमुख प्रतिपक्षी कांग्रेसको प्रतिपक्षीय धर्म निभाउने संकेत सराहनीय छ। अरू प्रतिपक्षी दलले पनि आफ्नो कर्तव्य नभुलौं। आआफ्ना दलका फरक एजेण्डा हुन्छन् तर ती सबै भन्दामाथि देश, जनता र लोकतन्त्रको आवस्यकता/प्रथमिकता हुन्छ। आजको दिनमा मुख्य प्राथमिकता भष्मासुर ओलीको बिदाइ नै हो है!’

प्रकाशित: Apr 03, 2021| 09:55 शनिबार, चैत २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।