आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • हिन्दीमा सम्बोधन गर्दै प्रचण्डले भने- संविधान पूर्ण छैन

हिन्दीमा सम्बोधन गर्दै प्रचण्डले भने- संविधान पूर्ण छैन

'यो संविधान पूर्ण छैन। मधेशी जनताका अधिकार जति हुनुपर्ने हो त्यो छैन। तैपनि संविधानले धेरै उपलब्धिलाई संस्थागत गरेको छ। मैले त्यसबेला असहमति राख्दै यो संविधान स्वीकार गरेको हुँ। प्राप्त उपलब्धिको रक्षा गर्दै अघि बढ्ने शर्तमा यो संविधान स्वीकार गरिएको हो,' उनले भनेका थिए।  
 |  शनिबार, चैत २१, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, चैत २१, २०७७

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान पूर्ण नभएको बताएका छन्। माओवादी केन्द्रको कपिलवस्तु जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमलाई तौलिहवामा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्। 

'यो संविधान पूर्ण छैन। मधेशी जनताका अधिकार जति हुनुपर्ने हो त्यो छैन। तैपनि संविधानले धेरै उपलब्धिलाई संस्थागत गरेको छ। मैले त्यसबेला असहमति राख्दै यो संविधान स्वीकार गरेको हुँ। प्राप्त उपलब्धिको रक्षा गर्दै अघि बढ्ने शर्तमा यो संविधान स्वीकार गरिएको हो,' उनले भने।  

संविधान पूर्ण नभएपनि यसले केही दुरगामी परिवर्तन भने ल्याएको उनको भनाइ छ। सम्बोधनका क्रममा उनले बढी समय हिन्दी भाषाको प्रयोग गरे। 

'संविधानमा  नेपालका मजदुर र किसानका लागि मौलिक अधिकारका रूपमा शिक्षा स्वास्थ्य रोजगारीका विषयलाई मौलिक अधिकारका रूपमा उल्लेख गरेको छ। यसअघि यी अधिकार राजाका तर्फबाट दिइन्थे। संविधानमा हामीले यी सबै अधिकार जनतामा निहित गरेका छौँ,' उनले भनेका थिए।

प्रधानमन्त्री केपी शर्मा ओली मधेशी जनतालाई कुनै पनि अधिकार दिने पक्षमा नरहेको समेत आरोप लगाएका थिए। 
 

प्रकाशित: Apr 03, 2021| 08:58 शनिबार, चैत २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।