आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मिडियाप्रति प्रधानमन्त्रीको आक्रोश : काठमाडौंमा मेलम्ची आएको थाहा छैन, दिनैपिच्छे राजीनामा मागेको समाचार लेख्छन्

मिडियाप्रति प्रधानमन्त्रीको आक्रोश : काठमाडौंमा मेलम्ची आएको थाहा छैन, दिनैपिच्छे राजीनामा मागेको समाचार लेख्छन्

प्रधानमन्त्री केपी शर्मा ओलीले मिडियाप्रति आक्रोश पोखेका छन्। 
 |  शनिबार, चैत २१, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, चैत २१, २०७७

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले मिडियाप्रति आक्रोश पोखेका छन्। 

आज निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रमको शुभारम्भ गर्दै ओलीले काठमाडौंमा मेलम्चीको पानी आएको थाहा नपाउने दिनैपिच्छे राजीनामा मागेको समाचार मिडियाले छाप्ने गरेको बताएका हुन्। 

‘विकास र युगान्तकारी कुराहरू दिँदैनन्, कस्तो राष्ट्रिय पत्रिका होला ?,’ उनले भने, ‘यिनले राष्ट्रिय महत्त्व र विकास निर्माणका कुराहरू दिँदैनन्।’

यस्तै समर्थन फिर्ता पनि नलिने अनि राजीनामा पनि माग्ने गरेको भन्दै उनले समर्थन फिर्ता लिए राजीनामा आउने बताए।

‘समर्थन फिर्ता लिइदेऊ भन्छु, लिँदैनन्,’ उनले भने, ‘अनि दिनैपिच्छे राजीनामा माग्छन्, समर्थन फिर्ता लिए त राजीनामा आइहाल्छ नि।’

प्रकाशित: Apr 03, 2021| 06:45 शनिबार, चैत २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।