आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भारतबाट फर्कने २४ जनाको एन्टीजेन परीक्षण नतिजा पोजिटिभ

भारतबाट फर्कने २४ जनाको एन्टीजेन परीक्षण नतिजा पोजिटिभ

पश्चिमी सीमानाका गड्डाचौकी र त्रिनगर हुँदै भारतबाट नेपाल भित्रिने व्यक्तिको एन्टीजेन परीक्षण गर्दा शुक्रबार २४ को नतिजा पोजिटिभ आएको छ।
 |  शनिबार, चैत २१, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, चैत २१, २०७७

कञ्चनपुर - पश्चिमी सीमानाका गड्डाचौकी र त्रिनगर हुँदै भारतबाट नेपाल भित्रिने व्यक्तिको एन्टीजेन परीक्षण गर्दा शुक्रबार २४ को नतिजा पोजिटिभ आएको छ।

सीमा क्षेत्रमा स्थापना गरिएका हेल्थ डेस्कमा गरिएको परीक्षणमा २४ को नतिजा पोजिटिभ आएको हो।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले दिएकाे जानकारीअनुसार त्रिनगर सीमानाकाबाट नेपाल भित्रिएका नेपाली ७०० र भारतीय १९७ मध्ये ६२३ को एन्टीजेन परीक्षण गरिएकोमा २२ को नतिजा पोजिटिभ आएको छ।

यसैगरी, सीमानाका गड्डाचौकी हुँदै नेपाल भित्रिएका ८२३  मध्ये दुईजनाको एन्टीजेन परीक्षणको नतिजा पोजिटिभ आएको छ।

कोरोना भाइरसको लक्षणसँग मिल्दाजुल्दा लक्षण देखिएका यात्रुको सीमा क्षेत्रमा राखिएको हेल्थ डेस्कमा एन्टीजेन परीक्षण गरिँदै आएको छ।

दैनिक सीमानाका भएर नेपाल भित्रिने यात्रुको संख्या ७०० देखि एक हजारको हाराहारीमा रहँदै आएको छ।

भारतमा कोरोनाको सङ्क्रमण बढेपछि मजदुरीका लागि गएका धमाधम स्वदेश फर्कन थालेका हुन्। रोजगारीको व्यवस्था नभएपछि भारततर्फ जानेको सङ्ख्यासमेत बढ्दोरूपमा छ।

शुक्रबार मात्रै सीमानाका त्रिनगरबाट ३०५ नेपाली र १२५ भारतीय भारततर्फ गएका छन्।

सीमानाका गड्डाचौकी भएर ३०० भारतीय र नागरिकताका आधारमा भारततर्फ जाने नेपालीको सङ्ख्या १५० छ। रासस

प्रकाशित: Apr 03, 2021| 02:08 शनिबार, चैत २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।