आइतबार, भदौ १४, २०८३

दाङमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, ३० घाइते

दाङका डिएसपी गणेश चन्दका अनुसार मृत्यु हुनेमा रुपन्दैही सैनामैना-१ का २८ वर्षीय यादव खनाल र  दाङको लमही-९ का २९ वर्षीय अतिराम चौधरी छन्। 
 |  शुक्रबार, चैत २०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २०, २०७७

दाङ- दाङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। तुलसीपुरदेखि भालुवाङका लागि छुटेको लु १ ख ९८६३ नम्बरको बस घोराही-३ मा दुर्घटना हुँदा उनीहरूको मृत्यु भएको दाङका डिएसपी गणेश चन्दले जानकारी दिए। 

मृत्यु हुनेमा रुपन्दैही सैनामैना-१ का २८ वर्षीय यादव खनाल र दाङको लमही-९ का २९ वर्षीय अतिराम चौधरी छन्। 

दुर्घटना परी ३० जना घाइते भएको डिएसपी चन्दले जानकारी दिए। उनीहरूमध्ये २२ जनाको अवस्था समान्य छ भने ६ जना गम्भीर छन्। घाइतेहरूको लमहीमा उपचार भइरहेको छ। 

दुर्घटनाको कारण भने खुलेको छैन। ओरोलो स्थानमा अनियन्त्रित भएकाले बस दुर्घटना भएको देखिएको तर प्रहरीले अनुसन्धान गरिरहेको चन्दको भनाइ छ। 
 

प्रकाशित: Apr 02, 2021| 14:44 शुक्रबार, चैत २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।