आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संघर्षबाट प्राप्त उपलब्धि उल्ट्याउन खोजियो : अध्यक्ष दाहाल

संघर्षबाट प्राप्त उपलब्धि उल्ट्याउन खोजियो : अध्यक्ष दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाली जनताको सात दशकदेखिको संघर्षबाट प्राप्त उपलब्धि उल्ट्याउन खोजिएको बताएका छन्।
 |  शुक्रबार, चैत २०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २०, २०७७

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाली जनताको सात दशकदेखिको संघर्षबाट प्राप्त उपलब्धि उल्ट्याउन खोजिएको बताएका छन्।

पछिल्ला दिनमा केही मानिसले देखाएको व्यवहार चरम निरंकुश भएको टिप्पणी गर्दै उनले परिवर्तनले स्थापित गरेका मूल्य तथा मान्यता उल्ट्याउन भइरहेको प्रयास जनताले परास्त गर्ने उल्लेख गरे।

प्राध्यापक माणिकलाल श्रेष्ठको श्रद्धाञ्जलीसभालाई सम्बोधन गर्दै शुक्रबार अध्यक्ष दाहालले भने, ‘नेपाली जनताको सात दशक लामो संघर्षबाट प्राप्त उपलब्धिलाई उल्टाउन खोजिँदैछ।’

उनले लोकतन्त्रका मूल्य मान्यता र आन्दोलनका उपलब्धि, शहीदले बगाएको रगतलाई अपमान गर्ने र समाजलाई नकारात्मक दिशातिर लैजाने प्रयास भएको बताए। अध्यक्ष दाहालले गत पुस ५ गते संसद् विघटन गरेर त्यसको संकेत दिएको भन्दै आन्दोलनको बलमा संसद् पुनःस्थापना भए पनि खतरा अझै टरिनसकेको स्पष्ट पारे।

उनले नियम, मूल्य र मान्यताले काम नगर्ने तर सेटिङले काम गर्ने विडम्बनाको सामना गर्नुपरिरहेको भन्दै यस्तो अवस्थामा श्रेष्ठको जीवनबाट शिक्षा लिने बेला भएको बताए।

प्रतिगमनका विरुद्ध एक भएर जान र आवश्यक परे आन्दोलन गर्न पनि पछि पर्न नहुने उनको भनाइ थियो। स्व. श्रेष्ठको व्यक्तित्वको प्रशंसा गर्दै दाहालले उनी स्मरण गरिरहनुपर्ने खालको व्यक्तित्व रहेको बताए। उनले वर्तमान परिस्थितिमा उनको जीवनीबाट निकै शिक्षा लिनुपर्ने धारणा राखे। रासस

प्रकाशित: Apr 02, 2021| 12:37 शुक्रबार, चैत २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।