आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • थ्री नेसन्स कप जित्ने खेलाडीलाई जनही ४ लाख दिने मन्त्रिपरिषद्‍को निर्णय

थ्री नेसन्स कप जित्ने खेलाडीलाई जनही ४ लाख दिने मन्त्रिपरिषद्‍को निर्णय

थ्री नेसन्स कप जित्ने नेपाली खेलाडीलाई जनही चार लाख रुपैयाँ पुरस्कार स्वरुप दिइने भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कप विजेता खेलाडीलाई पुरस्कार दिने निर्णय गरेको हो। 
 |  शुक्रबार, चैत २०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २०, २०७७

काठमाडौं- थ्री नेसन्स कप जित्ने नेपाली खेलाडीलाई जनही चार लाख रुपैयाँ पुरस्कार स्वरुप दिइने भएको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कप विजेता खेलाडीलाई पुरस्कार दिने निर्णय गरेको हो। 

गत चैत १६ गते भएको तीन देश सम्मिलित कपमा नपालले बंगलादेशलाई २–१ गोलले हराउँदै जित निकालेको थियो।

नेपाललाई उपाधि दिलाउनका लागि संजोक राई र विशाल राईले १–१ गोल गरेका थिए। त्यस्तै बंगलादेशका तर्फबाट मेहेबुर रहमानले एक गोल फर्काएका थिए।

यसअघि नै अखिल नेपाल फुटबल संघ (एन्फा)ले पनि सबै खेलाडीलाई जनही एक लाख पुरस्कार दिने घोषणा गरेको थियो।

प्रकाशित: Apr 02, 2021| 11:44 शुक्रबार, चैत २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।