आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राप्रपाबाट आएका साढे १० हजारलाई क्रियाशील सदस्यता दिने कांग्रेसको तयारी

राप्रपाबाट आएका साढे १० हजारलाई क्रियाशील सदस्यता दिने कांग्रेसको तयारी

नेपाली कांग्रेसले विभिन्न जिल्लामा राप्रपाबाट आएका साढे १० हजार कार्यकर्तालाई क्रियाशील सदस्यता दिने भएको छ। 
 |  शुक्रबार, चैत २०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २०, २०७७

काठमाडौं- नेपाली कांग्रेसले विभिन्न जिल्लामा राप्रपाबाट आएका साढे १० हजार कार्यकर्तालाई क्रियाशील सदस्यता दिने भएको छ। 

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकअघि सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पाैडेल पक्षबीचकाे छलफलले यस्तो सहमति गरेको हो। 

विभिन्न ४८ जिल्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नेपाली कांग्रेस प्रवेश गरेका नेता कार्यकर्ताकाे व्यवस्थापनका लागि क्रियाशील सदस्यता थप गर्ने सहमति दुवै पक्षबीच जुटेको हो। 

राप्रपाबाट सुनिल थापाको समूह नेपाली कांग्रेस प्रवेश गरेको थियो। उनीहरुको व्यवस्थापनका लागि देउवा-पौडेलबीच सहमति भएको बताइएको छ।

१४ औँ महाधिवेशनका कुनै पनि कार्यतालिका प्रभावित नहुने गरी क्रियाशील सदस्यता केन्द्रमा पठाउने मिति हेरफेरको तयारीसमेत गरिएको छ।

चैत १० सम्म क्रियाशील सदस्यता बुझाउने समयसीमा ताेकिएकाेमा अब वैशाख पहिलाे सातासम्म समय थपको तयारी रहेको देउवा-पौडेल छलफलमा सहभागी एक नेताले जानकारी दिए। 

केन्द्रीय कार्य समिति बैठकमा क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले समितिकाे प्रतिवेदन पेस गर्ने तयारी गरेका छन्।

आगामी महाधिवेशन तथा समसामयिक राजनीतिबारे छलफल गर्न कांग्रेसले केन्द्रीय कार्य समिति बैठक बोलाएको थियो। तर बैठक अझसम्म सुरु भएको छैन। 

प्रकाशित: Apr 02, 2021| 11:45 शुक्रबार, चैत २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।