झापा- प्रतिबन्धित लागुऔषध खैरो हेरोइनसहित तीन जना पक्राउ परेका छन्। बिहीबार झापा जिल्ला भद्रपुर नगरपालिका-४ डाँगीबारी वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा झापाको अर्जुनधारा नगरपालिका-६ का ४० वर्षीय लोकेन श्रेष्ठ, भद्रपुर नगरपालिका-१० का ३६ वर्षीय विनोद राजवंशी र भद्रपुर नगरपालिका डाँगीबारीका २४ वर्षीय गोविन्द राजवंशी छन्।
उनीहरूका साथबाट प्रहरीले ९.११० ग्राम खैरो हेरोइन र लागुऔषध तौल गर्न प्रयोग हुने डिजिटल तराजुसमेत बरामद गरेको छ।
पक्राउ परेका तीनै जनामाथि अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। अहिले उनीहरुलाई जिल्ला प्रहरी कार्यालय झापामा राखिएको छ।