आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेस बैठक : सरकारलाई हेर्ने स्पष्ट धारणा बनाउन पौडेल पक्षको माग

कांग्रेस बैठक : सरकारलाई हेर्ने स्पष्ट धारणा बनाउन पौडेल पक्षको माग

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सरकारलाई हेर्ने स्पष्ट धारणा बनाउन माग गर्ने भएको छ। 
 |  शुक्रबार, चैत २०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २०, २०७७

काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सरकारलाई हेर्ने स्पष्ट धारणा बनाउन माग गर्ने भएको छ। 

शुक्रबार बस्न लागेको केन्द्रीय कार्य समिति बैठकमा पौडेल पक्षले यस्तो माग अघि सार्ने भएको हो। वरिष्ठ नेता पौडेलले देउवालाई प्रधानमन्त्रीको उम्मेदवार नबन्ने भए अर्काे नेतालाई अघि सार्न माग गर्ने पौडेल पक्षका एक नेताले जानकारी दिए।

केन्द्रीय समिति बैठकअघि आफूनिटक नेताहरूसँग पौडेलले भने, ‘शेरबहादुर जी प्रधानमन्त्रीको उम्मेदवार होइन भने अर्काे नेतालाई अघि सारौं भनेर प्रस्ताव राख्छु। अदालतको आदेश आएको लामो समयसम्म संविधान मिच्ने ओलीका सन्दर्भमा निर्णय नगरि बस्न सकिँदैन।’

पौडेलले सरकारबारेको पार्टीको धारणा प्रस्ट हुनु पर्ने र आजकै बैठकबाट त्यो निचोड निकालिनु पर्ने बताएका छन्।

कांग्रेस, माओवादी र जसपाबीच समीकरण बनाउने कसरत भइरहेको छ। तर जसपाले निर्णय गर्न सकेको छैन। जसपाको निर्णय नआएसम्म सरकारमा जाने स्थिति परिपक्व नबन्ने कांग्रेसले बताउँदै आएको छ।

प्रकाशित: Apr 02, 2021| 11:02 शुक्रबार, चैत २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।