काठमाडौं- रेमिट कम्पनीहरूमध्ये सबैभन्दा बढी आयकर आइएमई रेमिटलाई सम्मान गरिएको छ। आन्तरिक रावस्व विभागले विप्रेषणतर्फ सबैभन्दा धेरै आयकर तिर्ने कम्पनीका रूपमा आइएमई रेमिटलाई सम्मान गरेको हो।
बिहीबार अर्थ मन्त्रालयका राजश्व सचिव रामशरण पुडासैनीले आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई सो सम्मान प्रदान गरेका हुन्। बिहीबार आन्तरिक राजस्व विभागले सबैभन्दा बढी कर तिर्ने १५ करदातालाई सम्मान गरेको थियो।
यसअघि यस आइएमईलाई लगातार तीन पटकसम्म नेपाल सरकारले यो सम्मान प्रदान गरिसकेको छ। गत मंसिरमा कर दिवसको उपलक्ष्यमा गरिए पनि कोभिड-१९ कारण कार्यक्रम भएको थिएन।
२० वर्षअघि स्थापित आइएमई स्थापित आइएमईले देशभर २२५ आइएमई सेन्टरसहित ७७ जिल्लाका करिब १२ हजार सब-एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् सेवा दिइरहेको छ।