सुर्खेत- जाजरकोटमा युवाहरुबीच ‘ग्याङ फाइट’ हुँदा एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार मृत्यु हुनेमा नलगाड वडा नं. ४ लहँ पिपलचौरका ३१ वर्षीय नरेश रावल छन्।
घटनामा पिपलचौरकै सोजन कार्की र विशाल रावल घाइते भएका छन्। बिहीबार बारेकोट गाउपालिका–२ लिप्साको
देउलाचौरका युवाहरु र नलगाड–४ पिपलचौरका युवाहरुबीच देउलाचौरमा झडप भएको जाजरकोटका डीएसपी मधुकुमार थापाले जानकारी दिए।
दुई पक्षका युवाबीच एक होटलमा सामान्य विवाद भएको थियो। विवादपछि बेपत्ता रहेका रावल आज दिँसो मृत अवस्थामा भेटिएका थिए। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरु लिप्साकै टिकट काउन्टरमा कार्यरत युवाहरु हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।