काठमाडौं– नेकपा (एमाले) को माधव–झलनाथ समूहले अध्यक्ष केपी ओलीले समानान्तर रुपमा पार्टी संरचना बनाएको आरोप लगाएको छ।
उक्त समूहको आज काठमाडौंमा बसेको स्थायी कमिटी बैठकका निर्णयबारे जानकारी दिँदै नेता योगेश भट्टराईले भने, ‘हामीले समानान्तर संरचना बनाएको होइन, केपी ओलीले गरेको चाहिँ समानान्तर हो। बहुमत यतै छ। केपी ओली एमाले विभाजन गर्न उद्यत हुनुहुन्छ। फागुन २३ मा सर्वोच्च अदालतले गरेको फैसला केपी ओलीबाट कार्यान्वयन भएको छैन।’
पार्टीका उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेमाथि भएको कारबाहीलाई उक्त समूहले अध्यक्ष ओलीको स्वेच्छाचारी र पूर्वाग्रही कदम भनेको छ।
बैठकले राष्ट्रिय भेलामा प्रस्तुत अवधारणापत्रका बारेमा १० वटा टोलीबाट आएका सुझाव समेट्दै भोलिको बैठकबाट अन्तिम रुप दिने र प्रकाशित गरी देशभर पठाउने निर्णय गरेको छ।
बैठक भोलि शनिबार दिउँसो ३ बजे फेरि बस्ने भट्टराईले जानकारी दिए।